दार्जीलिङ, 23 जुलाई (हि.स.)। मदन तामाङ हत्याकाण्डमाथि आजदेखि भर्चुअल माध्यमद्वारा सुनवाई शुरू भएको छ। लगभग डेढ दशकपछि शुरु भएको पहिलो दिनको भर्चुअल सुनवाईअवधि उक्त हत्याकाण्ड एवं षडयन्त्रमा सामेल सबै आरोपीहरु दार्जिलिङ जिल्ला अदालतमा उपस्थित थिए।
कोलकाता सिटी सेशन कोर्टमा आजबाट शुरू भएको सुनवाईलाई केन्द्र गरेर आरोपीहरु जिल्ला अदालतमा उपस्थित भएको पीपी प्रणय राईबाट थाहा लागेको छ। सुनवाइअवधि बचाउ पक्षकाले न्यायाधीशसमक्ष 2 वटा याचिका दर्ता गराएको राईले बताएका छन्। यसबारे अर्को चरणको सुनवाई आगामी 25 अगस्त हुने जानकारी प्राप्त भएको छ।
हिन्दुस्थान समाचार / हनोक