मोदी सरकारमा बिहारले पायो रेलवे क्षेत्रमा अभूतपूर्व विकासको सौगात- अश्विनी वैष्णव
अश्विनी


नयाँ दिल्ली, 23 जुलाई (हि.स.)। रेल मन्त्री अश्विनी वैष्णवले बुधवार लोकसभामा भने, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा बिहारले रेलवे क्षेत्रमा अभूतपूर्व विकासको सौगात पाएको छ। 11 वर्ष अगाड़ी बिहारले रेवले बजेटमा केवल 1,132 करोड़ रूपियाँको राशि पाउँथ्यो भने अब यो राशि बढ़ेर 10,000 करोड़ रूपियाँ भएको छ। यो बिहारको निम्ति मोदी सरकारको प्रतिबद्धतालाई दर्शाउँछ।

रेल मन्त्रीले भने, धेरै वर्षदेखि लम्बित प्रोजेक्ट्सलाई एऩडीए सरकारले पूरा गरेको छ। मुंगेर र पटनामा नयाँ ब्रिज बनाइएको छ र कोसी ब्रिज, जसलाई पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीले स्वीकृति दिएका थिए, त्यसलाई अब मोदी सरकारले पूरा गरेको छ। उनले जोड दिएर भने, बिहारको साथ न्याय केवल एनडीएले नै गर्नसक्छ।

सीतामढ़ी-शिवहर रेल लाइन प्रोजेक्टलाई लिएर उनले बताए, बागमती नदीमा जुन पुल बनेको छ, त्यसको टेन्डर भइसकेको छ। देकुली धामलाई जोड्ने यस महत्वपूर्ण प्रोजेक्टको निम्ति भूमि अधिग्रहणलाई लिएर 262 करोड़ रूपियाँको राशि जमा गरिएको छ। यस परियोजनाको निम्ति कूल 557 करोड़ रूपियाँ स्वीकृत गरिएको छ र कार्य तीव्र गतिमा अगाड़ी बढ़िरहेको छ।

रेल मन्त्रीले बताए, बिहारमा अहिलेसम्म 98 रेलवे स्टेशनहरूको पुनर्विकास गरिँदैछ। राज्यमा आठ वन्दे भारत ट्रेनहरू, पाँच अमृत भारत ट्रेनहरू र एक नमो भारत ट्रेन चलिरहेको छ। यसका साथै 218 प्लेटफार्म र अण्डरपास पनि बनाइएको छ। अमृत भारत ट्रेनहरू प्रधानमन्त्री मोदीको विशेष पहल हो, जसमा गरीबभन्दा पनि गरीब व्यक्तिले राम्रो सुविधा पाउँछ। यी ट्रेनहरू अब बिहारका धेरै हिस्साहरूदेखि दिल्ली र बेङ्गलुरू जस्ता ठूला शहरहरूका लागि शुरू गरिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande