गान्तोक, 23 जुलाई (हि.स.)। नाम्ची पुलिस थाना क्षेत्रमा एउटी 11 वर्षीय नाबालिगमाथि यौन दुर्व्यवहार भएको मामिला अघि आएको छ। यस घटनाको सम्बन्धमा नाबालिगकी एक आफन्तलाई पक्राउ गरिएको छ।
पुलिस रिपोर्टमा उल्लेख गरिएअनुसार, पीडित नाबालिगकी आमाले मंगलवार पुलिस थानामा आफ्नी 11 वर्षीय नाबालिग छोरीमाथि यौन दुर्व्यवहार भएको विषयमा लिखित एफआईआर दर्ता गराएकी छिन्। महिलाले उनकै एक आफन्तले नाबालिग छोरीमाथि विगत तीन वर्षदेखि यौन दुर्व्यवहार गरेको दाबी गरेकी छिन्।
जॉंच प्रक्रियाको क्रममा नाबालिग पीडितको जिल्ला अस्पतालमा चिकित्सा जॉंच गरियो। पुलिसले आरोपी व्यक्तिलाई पक्राउ गरेर जॉंच शुरू गरेको छ। पुलिसले यस घटनाको सम्बन्धमा पोक्सो अधिनियम, 2012 अन्तर्गत मामिला दर्ता गरिएको छ।
हिन्दुस्थान समाचार / बिशाल