नेपाली भाषामा साइन बोर्डहरु लेखिदिन अनुरोध गर्दै स्कूलहरुमा पत्राचार
नेपाली भाषामा साइन बोर्डहरु लेखिदिन अनुरोध गर्दै स्कूलहरुमा पत्राचार


खरसाङ, 23 जुलाई (हि.स.)। अखिल भारतीय गोर्खा विद्यार्थी महासंघ तीनधारे महानदी समष्टिको तर्फबाट नेपाली भाषामा साइन बोर्डहरु लेखिदिन अनुरोध गर्दै विभिन्न स्कूलहरुमा ज्ञापन पत्र बुझाउने कार्य गरिएको छ। विद्यार्थी महासंघ तीनधारे महानदी समष्टिको तर्फबाट आजदेखि विभिन्न प्राथमिक पाठशालाहरु, हाई स्कूल, निजी स्कूलहरुमा गएर जीटीएको तर्फबाट जारी गरिएको अधिसूचनाको आधारमा स्कूलका साइन बोर्डहरु आगामी भाषा मान्यता दिवस अघि नै नेपाली भाषामा नै लेखिदिन अनुरोध गर्दै पत्राचार गरिएको छ।

उक्त पत्राचार गर्ने कार्यको आज प्रथम दिन तीनधारे महानदी समष्टिको घैयाबारी र महानदी क्षेत्रमा रहेका विभिन्न विद्यालयहरु, प्राथामिक पाठशालाहरु र निजी स्कूलहरु भ्रमण ​गरियो। सबै स्कूलहरुमा पुगेर विद्यार्थी महासंघले आगामी भाषा मान्यता दिवस अघि नै नेपाली भाषामा स्कूलको साइन बोर्डहरु लेखिदिन अनुरोध गर्दै पत्राचार गरेको छ।

यस क्रममा विद्यार्थी महासंघले घैयाबारी नेताजी हाई स्कूल, नेताजी प्राथमिक पाठशाला, ब्लु डाईमण्ड अंग्रेजी स्कूल, ड्याब जोबियल स्कूल, महानदी हाई स्कूल, गाँधी मेमोरियल प्राथमिक पाठशाला लगायत अन्य निजी स्कूहरुमा पुगेर प्रधान अध्यापक, प्राचार्य, शिक्षक प्रभारी लगायत शिक्षक शिक्षिकाहरुलाई भेटेर नेपाली भाषामा साइन बोर्डहरु लेखिदिन अनुरोध गर्दै पत्रहरु सुम्पेको छ।

यस टोलीमा अखिल भारतीय गोर्खा विद्यार्थी महासंघ तीनधारे महानदी समष्टिका सभापति सुभम प्रधान लगायत सदस्यहरु विपन विश्वकर्म, मनोहर थापा, पञ्चायत सदस्य राजीव तामाङ, सांगठनिक सचिव प्रयास प्रधान, प्रचार प्रसार सचिव पुरण राई, सदस्य भभित प्रधान उपस्थित रहेका थिए‌।

सभापति सुभम प्रधानले अब आगामी दिनमा तीनधारे महानदी समष्टिको घैयाबारी ग्राम पञ्चायत दुई र शिवखोला ग्राम पञ्चायत क्षेत्रका विभिन्न विद्यालयहरुमा पुगेर नेपाली भाषामा साइन बोर्डहरु लेखिदिन अनुरोध गर्दै पत्रहरु सुम्पने जानकारी गराए। उनले नेपाली भाषामा साइन बोर्डहरु लेख्ने कार्य आगामी भाषा मान्यता दिवस अघि नै पूरा गरिदिन अनुरोध गरिएको बताए। उनले यसपाली विद्यार्थी महासंघ तीनधारे महानदी समष्टिको आयोजनामा विभिन्न कार्यक्रमहरु पनि आयोजना गरिने जानकारी गराएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande