पटना, 23 जुलाई (हि.स.)। बिहारको वैशाली जिल्लामा विकसित बुद्ध सम्यक दर्शन संग्रहालय एवं स्मृति स्तूपको उद्घाटन 29 जुलाईका दिन मुख्यमन्त्री नीतीश कुमारले गर्नेछन्। यो ऐतिहासिक स्मारक वैश्विक बैद्ध समुदायको निम्ति श्रद्धा र आकर्षणको केन्द्र बन्नेछ।
उद्घाटन समारोहमा चीन, जापान, श्रीलंका, थाईल्याण्ड, नेपाल, तिब्बत, म्यान्मार, भूटान, वियतनाम, मलेशिया, लाओस, कम्बोडिय, मंगोलिया, बांग्लादेश र इण्डोनेशिया जस्ता 15 बौद्ध देशबाट भिक्षुहरूको सहभागिता सम्भावित छन्।
स्तूपको निर्माण भवन निर्माण विभागले गरेको हो। 72 ऐकर भूमिमा फैलिएको यस भव्य परिसर 550.48 करोड रूपियॉंको लागतमा विकसित गरिएको हो। यो स्थल ऐतिहासिक पुष्करणी तालाब र मड स्तृप छेउ स्थित छ।
संग्रहालयको प्रथम तलामा भगवान बुद्धको पावन अस्थि कलश स्थापित गरिने छ, जुन 1958-62 को खनन्मा प्राप्त भएको थियो र यो स्मारकको प्रमुख केन्द्र बिन्दु हुनेछ।
पूर्ण रूपमा ढुङ्गाहरूले निर्मित यो स्तूप वंशी पहाडपुर (राजस्थान) बाट ल्याइएको 42,373 बलुवा ढुङ्गाले टंग एण्ड ग्रूव प्रविधिको माध्यमले जोडिएको छ। यो संरचना आधुनिक भुॅंइचालोरोधी तकनीकले सुसज्जित छ। परिसरमा ध्यान केन्द्र, पुस्तकालय, आगन्तुक केन्द्र, संग्रहालय ब्लक, एम्फीथियेटर, क्याफेटेरिया, 500 किलोवाट सौर ऊर्जा संयंत्र, पार्किङ तथा अन्य सुविधाहरू पनि विकसित गरिएका छन्।
ओडिशाका कलाकारहरूद्वारा निर्मित भगवान बुद्धको प्रतिमा यस स्थलको विशिष्ट पहिचान बन्नेछ। यो स्तूपले वैशालीलाई वैश्विक बौद्ध मानचित्रमा प्रतिष्ठित गर्नुका साथै स्थानीय पर्यटन, संस्कृति र रोजगारलाई पनि नयॉं दिशा दिनेछ।
विभागका सचिव कुमार रवि अनुसार, बुद्ध सम्यक दर्शन संग्रहालय एवं स्मृति स्तूप बिहारको सांस्कृतिक धरोहर र वैश्विक बौद्ध विरासतको भव्य प्रतीक हो। यो स्मारकले वैशालीलाई विश्व बौद्ध मानचित्रमा स्थापित गर्नेछ र पर्यटन, संस्कृति र स्थानीय रोजगारलाई नयॉं दिशा दिनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी