सरकारमाथि हमलावर राहुल गान्धी, सोधे डोनाल्ड ट्रम्पको दाबी, मतदाता सूचीमाथि प्रश्न
गान्धी


नयाँ दिल्ली, 23 जुलाई (हि.स.)। कांग्रेस नेता राहुल गान्धीले मंगलवार संसद भवन परिसरमा मीडियासित कुराकानी गर्दै केन्द्र सरकारमाथि विदेश नीति, अपरेशन सिन्दूर र चुनाउ प्रक्रियालाई लिएर धेरै आरोप लगाए। उनले भने, सरकारले देशको रक्षा, विदेश नीति र लोकतन्त्रको बुनियादी ढांचासित जोड़िएका प्रश्नहरूको जवाफ दिनदेखि जोगिरहेको छ। कुराकानीमा उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबी, मतदाता सूची र चुनाउ आयोगको कार्यप्रणालीलाई लिएर पनि प्रश्न उठाए।

उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हालको बयानलाई उद्धृत गर्दै भने, ट्रम्प आफैले 25 पल्ट दाबी गरिसकेका छन् कि उनले भारतमा संघर्ष विराम गराएका छन् तर भारत सरकार वा प्रधानमन्त्रीले यसमा कुनै स्पष्ट जवाफ दिएनन्। यदि अपरेशन सिन्दूर अहिलेपनि जारी छ भने सरकारले कसरी भन्न सक्छ कि विजय प्राप्त भएको छ ? या त युद्ध जारी छ वा समाप्त भएको छ, दुवै कुरा एकसाथ हुनसक्दैन।

राहुलले आरोप लगाए कि युद्धमा कुनैपनि देशले भारतको समर्थन गरेन, जसबाट यो स्पष्ट हुन्छ कि सरकारको विदेश नीति पूर्ण रूपमा विफल रहेको छ।

बिहारमा चलिरहेको मतदाता सूची विशेष पुनरीक्षण (एसआईआर) प्रक्रियामाथि प्रश्न खड़ा गर्दै उनले भने, यो केवल बिहारको कुरा होइन, महाराष्ट्र र कर्नाटकमा पनि यस्तै किसिमको गड़बड़ी अघि आएको थियो। उनले दाबी गरे, महाराष्ट्रमा एक करोड़ नयाँ मतदाता जोड़िए तर त्यसलाई अदेखा गरियो। कर्नाटकमा कांग्रेसले गहराईले जाँच गरी चुनावी चोरीलाई उजागर गरेको छ र उ यसलाई ‘ब्ल्याक एण्ड व्हाइट’ मा देखाउन तयार छ।

उनले थप भने, कांग्रेसले केही लोकसभा क्षेत्रहरूमा मतदाता सूचीको डिजिटल विश्लेषण गरी यो बुझेको छ कि नयाँ भोटर कसरी जोड़िन्छ र जालसाजी कसरी हुन्छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande