गान्तोक, 23 जुलाई (हि.स.)। आईसीएआर सिक्किम केन्द्रले विभिन्न विभागका अधिकारीहरूसँग मिलेर 22 जुलाई, 2025 मा राभाङ्ला महकुमामा रहेको डल्ले खोर्सानी उत्पादकहरूको क्षेत्रीय भ्रमण गऱ्यो। यो भ्रमणको उद्देश्य डल्ले खोर्सानी फार्महरूमा लाग्ने रोग र कीराहरूको निरीक्षण गर्नु र उत्पादन र गुणस्तर सुधार गर्न प्राविधिक ज्ञान र जानकारी प्रदान गर्नु थियो। उक्त जानकारी आज पीआईबीले दिएको छ।
निरीक्षणको क्रममा, आईसीएआर सिक्किम केन्द्रकी वरिष्ठ वैज्ञानिक डा. छिरिङ ल्हमु भोटिया, जसले डल्ले खोर्सानीमाथि शोध गरिरहेकी छन्, उनले बिरुवाहरूको लक्षण र अवस्थाको आधारमा डल्ले खोर्सानी बिरुवाहरू रोगबाट प्रभावित भएको अवलोकन गरिन्। उनले उपज र गुणस्तर सुधार गर्नका साथै बिरुवाको स्वास्थ्य कायम राख्न सूक्ष्म पोषक तत्त्वहरूको प्रयोग गर्ने महत्त्वमाथि जोड दिइन्। डा. भोटियाले किसानहरूलाई बीउ उपचार, स्वस्थ बीउ छनोट, फसल परिक्रमा, जैविक कीटनाशकले माटो उपचार, उचित अन्तराल र जाल वा गिलो घाँसको प्रयोग जस्ता उपायहरू अपनाउन पनि आग्रह गरिन्।
टोलीले रोगको प्रसारलाई नियन्त्रित गर्नका लागि तत्काल उपाय सुझायो र निर्यात उद्देश्यका लागि उत्पादन र गुणवत्ता बढ़ाउन हेतु प्राविधिक सहयोग र इनपुटको माध्यमद्वारा डल्ले खोर्सानीका उत्पादकहरूको समर्थन गर्ने इच्छा व्यक्त गर्यो, जसबाट सिक्किमका किसानहरूको अर्थव्यवस्थालाई बढ़ावा मिल्नेछ।
टीममा सिक्किम सरकारको बागवानी विभागका मिशन निर्देशक तथा प्रधान निर्देशक भीम दाहाल, सिक्किम सरकारको बागवानी विभागका अतिरिक्त निर्देशक, सब्जी, डिकेन्द्र भुजेल, सिक्किम सरकारको बागवानी विभागका अतिरिक्त निर्देशक, मसाला, रिञ्जिङ भोटिया, गान्तोक मसला बोर्डका प्रभारी डा. जन जो वर्गीस, गान्तोक सीआईपीएमसीका एपीपीओ (पीपी) रोमन लेप्चा, सिक्किम केन्द्र आईसीएआरका बागवानी विभागकी वरिष्ठ वैज्ञानिक डा. छिरिङ ल्हमु भोटिया, सिक्किम सरकारको आईपीएमकी उप निर्देशक डा. रोशना गजमेर, सिक्किम सरकारको बागवानी विभागकी उप निर्देशक गीताञ्जली प्रधान, सिक्किम सरकारको बागवानी विभागका एसएमएस डा. प्रवेश शिवाकोटी र अन्य अधिकारी सामेल थिए।
हिन्दुस्थान समाचार / बिशाल