वरिष्ठ असमिया साहित्यकार डा. बसन्त कुमार भट्टचार्यको 83 वर्षको उमेरमा निधन
वरिष्ठ असमिया साहित्यकार डा. बसन्त कुमार भट्टचार्यको 83 वर्षको उमेरमा निधन


-मुख्यमन्त्रीले डा. भट्टचार्यको निधनमा व्यक्त गरे शोक

नलबाड़ी (असम), 23 जुलाई (हि.स.)। प्रख्यात असमिया लेखक, कवि, शिक्षाविद औ आलोचक डा. बसन्त कुमार भट्टचार्यको बुधवार बिहान नबलाड़ीस्थित निजी आवासमा निधन भयो। पारिवारिक सूत्रले पुष्टि गरेको छ, 83 वर्षीय भट्टचार्य लामो समयदेखिकै अस्वस्थ थिए।

मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले डा. बसन्त कुमार भट्टचार्यको निधनमा शोक व्यक्त गरेका छन्। मुख्यमन्त्रीले सोशल मीडियामा पोस्ट शेयर गरी भनेका छन्, प्रसिद्ध शिक्षाविद, नलबाड़ी कलेजको असमिया विभागका पूर्व अध्यक्ष प्रोफेसर, साहित्याचार्य डा. बसन्त कुमार भट्टचार्यको निधनको खबर सुनेर धेरै दुःखी भएको छु। एकजना बुद्धिमान, प्रज्ञावान र वाग्मी पुरुष, नालबाड़ीका रत्न डा. भट्टचार्यले असमको साहित्यिक दुनियाँमा पुऱ्याएको योगदान सदैव स्मरणीय रहनेछ। यस महान व्यक्तित्वको आत्मको शान्तिकोलागि भगवानको चरणमा प्रार्थना गर्दछु र शोकाकुल परिवार तथा प्रतिभाको प्रशंसा गर्नेहरूप्रति गहिरो सम्वेदना प्रकट गर्दछु।

नलबाड़ी जिल्लामा 1 फरवरी, 1942 -मा जन्मेका डा. भट्टचार्य असमको साहित्यिक परिदृश्यमा एक प्रतिष्ठित हस्तिको रूपमा उदाए। विविध साहित्यिक विधाहरूका ज्ञाता डा. बसन्त कुमार भट्टचार्यले प्रोटेस्ट, द स्काई इज ब्लू, अनअट्याच्ड भोयसेस औ फ्र्यागमेन्ट्स अफ ड्रीम्स एण्ड नाइटमेयर्स जस्ता प्रशंसित लघु-कथा संग्रहहरूको रचना गरे भने उनले कविता संग्रह, योर हार्ट्स वार्मथ एवं समटाइम्स अलोन इन द डेजर्ट- को काव्यात्मक समृद्धि औ भावनात्मक लेखनको लागि प्रशंसा बटुले।

उनलाई असम साहित्य सभाद्वारा प्रदान गरिएको साहित्याचार्य औ जिल्लाको साहित्यिक संस्थाद्वारा नलबाड़ी रत्न जस्ता प्रतिष्ठित सम्मान प्राप्त भयो। आफ्नो अन्तिम वर्षमा पनि डा. भट्टचार्य असमिया साहित्यमाएक जीवन स्वरको रूपमा कायम रहे। उनको निधनलाई असमिया साहित्य अनि शिक्षा जगतको लागि गहिरो क्षतिको रूपमा मानिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande