नाबालिक अपहरणको आरोपमा दुई आरोपीलाई सीमाबाट समातियो
नाबालिक अपहरणको आरोपमा दुई आरोपीलाई सीमाबाट समातियो


सिलगढ़ी, 23 जुलाई (हि.स.)। सशस्त्र सीमा बल (एसएसबी)-ले खोरीबाड़ी सीमाबाट एकजना नाबालिक किशोरीलाई अपरण गरेकोआरोपमा आमा र छोरालाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीहरूको नाम शंकर राई र काँची राई हो। बुधवार दुवै आरोपीलाई अग्रिम कारबाहीको लागि एसएसबीले खोरीबाड़ी थानाको पुलिसलाई सुम्पिदिएको छ।

प्राप्त जानकारी अनुसार खोरीबाड़ी अन्तर्गत भारत-नेपाल सीमाको पानीट्यांकीमा दुईजना मानिसहरू एकजना नाबालिकलाई लिएर सीमाना तर्ने दाउमा बसेका थिए। यसै अवधि एसएसबीका जवानहरूले उनीहरूलाई रोकेर जाँचबुझ गरे। जाँचबुझमा केही विरोधाभासहरू भेटियो। त्यसपछि एसएसबीले नाबालिकलाई अपहरण गरेको आरोपमा दुवैलाई हिरासतमा लियो।

एसएसबीले आरोपीहरूबाट असमको आधार कार्ड, भोटर कार्ड र नेपालको नागरिकताको दस्तावेज जफ्त गरेको छ। पुलिसले किशोरीलाई उद्धार गरी होममा पठाइदिएको छ। खोरीबाड़ी थानाको पुलिस मामिलाको जाँचमा जुटिसकेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande