दार्जिलिङ, 23 जुलाई (हि.स.)। दार्जिलिङस्थित साउथफिल्ड कलेजको शिक्षा विभागले 'साइबर अपराध र लागू पदार्थ जागरूकता कार्यक्रम' सफलतापूर्वक आयोजना गर्यो। यस पहलको प्राथमिक उद्देश्य डिजिटल सुरक्षाबारे ज्ञान बढाउनु, विद्यार्थी र शिक्षकहरू दुवैमा जिम्मेवार इन्टरनेट प्रयोगलाई सशक्त बनाउॅंदै समसामयिक चुनौतीहरूलाई सम्बोधन गर्नु थियो।
कार्यक्रममा साउथफिल्ड कलेज शिक्षा विभागबाट सहभागीहरू लगायत प्राचार्य डा. अनुराधा राईको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा कानून प्रवर्तनका विशिष्ट वक्ताहरू उपस्थित थिए, जसले साइबर अपराध र लागू पदार्थबारे जागरूकता विकास गराउन बहुमूल्य अन्तर्दृष्टि र विशेषज्ञता प्रदान गरे। स्रोत वक्ताहरूका रूपमा देवराज दास, आईपीएस अतिरिक्त एसपी, दार्जिलिङ उज्ज्वल सरकार पुलिस सह अधीक्षक (डीएसपी) दार्जिलिङ टाउन, शुभ्रा सन्याल आईसी सदर पीएस, दार्जिलिङ देबासिस रोय आईसी साइबर पीएस आदि उपस्थिति थिए।
कार्यक्रमको सञ्चालन साथै स्वागत सम्बोधन डा प्रतिष्ठा गुरुङले राखेकी थिइन् भने डा. पुनम प्रधानले धन्यवाद ज्ञापन राखेकी थिइन्।
हिन्दुस्थान समाचार / हनोक