वाहन जाँचमा रक्सीको साथ दुई पक्राउ
वाहन जाँचमा रक्सीको साथ दुई पक्राउ


नवादा, 23 जुलाई (हि.स.)। जिल्लामा जौली थानाक्षेत्रको चितरकोली स्थित समेकित जाँच चौकीमा बिहिवार वाहन जाँचमा देशी-विदेशी रक्सीको साथ दुई कारोबारीलाई पक्राउ गरिएको छ।

यस सम्बन्धमा समेकित जाँच चौकी प्रभारी प्रवीण कुमारले बताए, ‘मदिराबन्दी’ लाई सफल तुल्याउने उद्देश्यले झारखण्डदेखि बिहार आउने सबै वाहनहरूको गहन तलाशी लिइन्छ। सोही अवधि झारखण्डबाट आइरहेको यात्री बसलाई रोकेर तलाशी लिँदा ब्यागमा राखिएको हन्ड्रेड पाइपर डीलक्स व्हिस्की 750 एमएलको 25 बोतल, ब्ल्याक डग ट्रिपल गोल्ड व्हिस्की 750 एमएलको 5 बोतल, ब्ल्याक डग ब्ल्याक रिजर्व व्हिस्की 750 एमएलको 5 बोतल र ब्लेन्डर प्राइड व्हिस्कीको 750 एमएलको 3 बोतल विदेशी रक्सीको साथ सिवानको दडरौन्दा थानाक्षेत्रको खडसरा निवासी जय किशोर सिंहका छोरा मोनू कुमारलाई पक्राउ गरिएको छ।

अन्य मामिलामा वाहन जाँचमा स्कूटी संख्या बीआर 21 एक्स 5889 को तलाशी लिँदा रक्सीको साथ रजौली थानाक्षेत्रको परमेश्वर बिगहा निवासी जदु राजवंशीका छोरा अनीश कुमारलाई पक्राउ गरिएको छ। पक्रा परेका दुवै रक्सी कारोबारीहरू विरूद्ध उत्पाद अधिनियम अन्तर्गत प्राथमिकी दर्ता गरी अग्रिम कारबाही गरिँदैछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande