उपराष्ट्रपति पदको चुनाउ प्रक्रिया शुरू
धनखड़


नयाँ दिल्ली, 23 जुलाई (हि.स.)। चुनाउ आयोगले उपराष्ट्रपति पदको निम्ति चुनाउ प्रक्रिया शुरू गरेको छ। निवर्तमान उपराष्ट्रपति जगदीप धनखड़ले राजीनामा दिएपछि यो प्रक्रिया शुरू गरिएको छ। चुनाउ कार्यक्रमहरूको घोषणा आवश्यक तयारीहरू पूरा भएपछि गरिनेछ। आयोगले बुधवार बतायो, गृह मन्त्रालयको 22 जुलाईको अधिसूचनामा जगदीप धनखड़को उपराष्ट्रपति पदबाट राजीनामाको जानकारी दिइएको छ। आयोग संविधानको अनुच्छेद 324 अन्तर्गत उपराष्ट्रपति पदको चुनाउ आयोजित गर्नका लागि अधिकृत छ।

राष्ट्रपति र उपराष्ट्रपति चुनाउ अधिनियम, 1952 र त्यस अन्तर्गत बनेका नियमहरू अनुसार यो चुनाउ सम्पन्न हुन्छ। आयोगले आफ्नो तयारीहरूसित जोड़िएको जानकारी दिएको छ। यसमा निर्वाचक मण्डलको तयारी, रिटर्निङ अधिकारी एवं सहायक रिटर्निङ अधिकारीहरूको नियुक्ति तथा पूर्व उपराष्ट्रपति चुनाउहरूसित सम्बन्धित पृष्ठभूमि सामग्रीको संकलन र वितरण सामेल छ। भारतको उपराष्ट्रपतिको चुनाउ एक निर्वाचक मण्डलले गर्दछ। यसमा लोकसभा र राज्यसभाका निर्वाचित तथा मनोनीत सदस्य सामेल हुन्छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande