नान्डोकमा नयॉं संस्कार केन्द्रको शुभारम्भ
Sisu siksha Kendra


गान्तोक, 24 जुलाई (हि.स.)। विद्या भारती अखिल भारतीय शिक्षा संस्थानको प्रान्तीय समिति विद्या भारती सिक्किमको पाकिम जिल्ला अन्तर्गत नान्डोकमा एउटा संस्कार केन्द्र प्रारम्भ गरिएको छ। उक्त संस्कार केन्द्रको शुभारम्भ गत 21 जुलाईका दिन गरिएको हो।

विद्या भारती सिक्किमका संयोजक मोहन शर्माले बताए अनुसार, वर्तमानमा संघको शताब्दी वर्ष र विद्या भारती सिक्किमको रजत जयन्ती वर्ष चलिरहेको छ। यस उपलक्ष्यमा प्रान्तमा कार्यको विस्तार-विकासमा योजनानुसार कार्य चलिरहेको छ। राज्यमा हाल चारवटा सरस्वती संस्कार केन्द्र सञ्चालित छन्। यो वर्ष 10 वटा संस्कार केन्द्र खोल्ने लक्ष्य लिइएको छ।

यस विषयलाई ध्यानमा राख्दै गत 21 जुलाई, 2025 का दिन पाकिम जिल्लाको नान्डोकमा एउटा नयॉं संस्कार केन्द्र शुरू गरियो। यस अवसरमा मन्त्री, क्षेत्र विधायक र गणमान्य व्यक्तिहरूको उपस्थिति रहेको संयोजक शर्माले बताएका छन्। विद्या भारती सिक्किमका सह मन्त्री उमाकान्त शर्माको विशेष पहलमा उक्त कार्य सम्भव भएको बताइएको छ।

केन्द्रको उद्घाटन समारोहमा विद्या भारती सिक्किमका प्रमुख सल्लाहकार हरिशंकर शर्मा, अध्यक्ष चन्द्र कुमार राई, महामन्त्री विजय कुमार शर्मा लगायत विद्या भारती अखिल भारतीय शिक्षा संस्थानकी सह मन्त्री पवित्रा दाहाल पनि उपस्थित थिए।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande