महोबा, 24 जुलाई (हि.स.)। रोडवेज पुलिस चौकी नजिक एउटा पानको दोकानलाई चोरहरूले लक्षित गर्दै नगदी समेत हजारौं रूपियाँको माल लिएर भागे। बिहिवार दोकान मालिक पुग्दा चोरीको जानकारी भयो र यसको सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले छानबीन शुरू गऱ्यो।
मेडिकल चौकी प्रभारी मिथिलेश मिश्राले बताए, मुहाल इमली बरा निवासी दीपू चौरसियाको पानको दोकान रोडवेज स्थित पुलिस चौकी नजिक केही दूरीमा छ। सदा झैं उ हिजो राति बुधवार दोकान बन्द गरी घर गएको थियो। बिहान आएर दोकान खोल्दा भित्र सर-समान छरिएको थियो र नगदी समेत माल गायब थियो। यसको सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले जाँच शुरू गऱ्यो।
दोकानको माथिको टीनशेडको च्यादर काटेर चोर दोकानमा पसेको थियो। पीड़ित दोकानेले 25 हजारको नगदी, लगभग 90 हजार रूपियाँ मूल्यको सिगरेट चोरी भएको बताएको छ। मामिलामा सीसीटीभी क्यामराको जाँच गर्दै चोरको पहिचान र अन्य जानकारी जुटाइँदैछ। घटनाको खुलासा छिट्टै गरिनेछ, पुलिसले बतायो।
हिन्दुस्थान समाचार / भवानी थामी