नयाँ दिल्ली, 25 जुलाई (हि.स.)। अभिनेतादेखि नेता बनेका मक्कल निधि मय्यमका प्रमुख कमल हासन सहित तमिलनाडूका चार नवनिर्वाचित सदस्यहरूले राज्यसभा सदस्यताको शपथ लिए। अन्य तीन सदस्यहरूमा पी.विल्सन, एसआर शिवलिंगम र रजति सलमा सामेल छन्। कमल हासनले तमिल भाषामा शपथ लिए।
70 वर्षीय हासन 12 जूनमा डीएमके नेतृत्व गठबन्धनको समर्थनले राज्यसभाको निम्ति निर्विरोध चुनिएका थिए। उनले 2017 मा भ्रष्टाचारसित लड्न, ग्रामीण विकास र पर्यावरणीय स्थिरतामाथि ध्यान केन्द्रित गर्दै आफ्नो पार्टीको स्थापना गरेका थिए। 2019 को लोकसभा चुनाउहरूमा उनको पार्टीलाई लगभग 4 प्रतिशत भोट प्राप्त भएको थियो। यसपछि उनले 2021 को तमिलनाडू विधानसभा चुनाउ लड़े, जहाँ उनी कोयम्बटूर दक्षिण सीटबाट भाजपाका वनाथी श्रीनिवासनबाट मामूली अन्तरले हारेका थिए। हासनको पार्टीले 2024 को लोकसभा चुनाउ लड़ेको थिएन तर सत्तारूढ़ डीएमकेलाई आफ्नो समर्थन दिएको थियो।
शपथ ग्रहणपछि बिहारमा मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर) सहित विभिन्न मुद्दाहरूमाथि चर्चाको माग गर्ने विपक्षको स्थगन नोटिस अस्वीकार गरिएपछि कारबाही दिउँसो 12 बजीसम्मका लागि स्थगित गरियो। उपसभापति हरिवंशले भने, उनले नियम 267 अन्तर्गत 28 नोटिस पाएका छन्, जसमा एसआईआर, अन्य राज्यहरूमा बंगाली प्रवासी श्रमिकहरूको साथ कथित भेदभाव र भारत-ब्रिटेन मुक्त व्यापार समझौता सहित विभिन्न मुद्दाहरूमाथि चर्चाको माग गरिएको छ।
दिउँसोसम्मको स्थगनपछि केन्द्रिय मन्त्री शिवराज सिंह चौहानले प्रश्नकालमा बोल्ने प्रयास गरे तर विपक्षी सदस्यहरूको विरोध जारी रह्यो। लगातार विरोधको कारण राज्यसभाको कारबाही दिनभरिको निम्ति स्थगित गरियो।
हिन्दुस्थान समाचार / भवानी थामी