कोलकाता, 24 जुलाई (हि.स.)। पश्चिम बंगालको तीन जिल्लामा गत 24 घण्टामा चट्याङले कम्तिमा 13 जनाको मृत्यु भएको छ। मृतकहरूमा सबैभन्दा धेरै 7 जना बांकुडा जिल्लाबाट छन् भने पूर्व बर्धवानबाट 5 र पश्चिम मेदिनीपुरबाट एक व्यक्ति सामेल छन्।
राज्य आपदा प्रबन्धनका एक अधिकारीले शुक्रवार बिहान बताए, बांकुडा जिल्लाको खिरी गाउॅं (कोतुलपुर थाना क्षेत्र) मा खेतमा काम गरिरहेका जियाउल हक मोल्ला बिहिवार अचानक चट्याङको चपेटमा परे। खेतमा उपस्थित मानिसहरूले उनलाई स्थानीय अस्पातल लिएर गए, जहॉं डाक्टरले उनलाई मृत घोषित गरिदिए।
यसरी नै जिल्लाको पात्रसायरमा युवक जीवन घोष गम्भीर रूपमा घाइते भए। उनलाई पहिले पात्रसायर ब्लक प्राथमिक स्वास्थ्य केन्द्र, पछि विष्णुपुर सुपर स्पेशियालिटी अस्पताल र अन्तमा बांकुडा सम्मिलनी मेडिकल कलेज लगियो, जहॉं डाक्टरहरूले उनलाई मृत घोषित गरिदिए।
ओन्दा क्षेत्रमा नारायण सावार नाम गरेको व्यक्तिको पनि चट्याङको चपेटमा परी मृत्यु भयो। इन्दस क्षेत्रमा शेख इस्माइलको ज्यान गयो र एक अन्य व्यक्ति घाइते भयो। जयपुर क्षेत्रमा उत्तम भुइंयाको पनि यसैगरी मृत्यु भयो।
पूर्व बर्धमान जिल्लाको मधबधी क्षेत्रमा 60 वर्षीय सनातन पात्रा खेतमा काम गरिरहेका थिए, जब उनी चट्याङको चपेटमा परे। पुलिसले बतायो, उनलाई आलमपुर प्राथमिक स्वास्थ्य केन्द्र लगियो, जहाँ डाक्टरहरूले उनलाई मृत घोषित गरे। आउसग्राम थाना क्षेत्रको भेड़िया गाउँ निवासी 28 वर्षी यसंजय हेबरारामको पनि चट्याङको चपेटमा परे।
पश्चिम मेदिनीपुरको चन्द्रकोणा क्षेत्रमा लक्ष्मीकान्त पान (42) को चट्याङले गर्दा ज्यान गयो।
मौसम विभागले दक्षिण बंगालका जिल्लाहरूमा 27 जुलाईसम्म भारी वर्षाको साथ बिजुली चम्किने चेताउनी जारी गरेको छ। राज्य प्रशासनले नागरिकहरूसित सावधानी अपनाउने र खराब मौसममा खुल्लामा ननिस्किने अपील गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी