कोलकाता, 26 जुलाई (हि.स.)। पश्चिम बंगालमा हरेक दिन लगभग 25 जना मानिसहरूको पानीमा डुबेर मृत्यु भइरहेको छ। अचम्भको कुरा के छ भने ज्यान गुमाउनेहरूमा आधा बाल-बालिकाहरू छन्। विश्व जल डुब रोकथाम दिवसको अवसरमा जारी नयाँ अध्ययनमा डुबेर भएका मृत्युहरूको भयावह सत्यतालाई उजागार गरिएको छ। यो अध्ययन जर्ज इन्स्टिट्यूट फर ग्रोबल हेल्थले जारी गरेको हो जसलाई अहिलेसम्मकै सबैभन्दा विशाल सामुयादिक स्तरमा डुब्ने सम्बन्धि सर्वे बताइएको छ।
यस अध्ययनमा राज्यका सबै 23 वटा जिल्लाहरूको 01 करोड़ 80 लाख जनसंख्यालाई कभर गरियो भने लगभग 15 हजार समुदायका मानिसहरूबाट जानकारी जुटाइयो। गए शुक्रवार राती जारी रिपोर्ट मुताविक पश्चिम बंगालमा हरेक वर्ष लगभग 9 हजार 1 सय 91 जना मानिसहरूले डुबेर ज्याम गुमाउँछन् जुन पहिलाको आधिकारिक आँकड़ाभन्दा तीन गुणा अधिक हो।
जर्ज इन्स्टिट्यूटकी डा. मेधावी गुप्ताले भनिन्, “ग्रामीण क्षेत्रहरूमा डुब्ने घटना ठूलो त्रासदी बन्न पुगेको छ, तर अधिकांश मामिलाहरूमा बाल-बालिकाहरूको मृत्यु भएको रिपोर्ट दर्ता हुँदैन जसबाट असली आँकड़ा सामु आउन सक्दैन। स्वास्थ्य तन्त्रको कमजोरीले पनि आँकड़ालाई कम देखाउँछ।”
रिपोर्टमा बताइएको छ, डुबेर मर्नेहरूमा सबैभन्दा अधिक जोखिम एकदेखि नौ वर्षसम्मका बाल-बालिकाहरूलाई छ। एक-दुई वर्षका बाल-बालिकाहरूमा मात्र यो जोखिम 30 प्रतिशतभन्दा अधिक हुन्छ। अचम्भको कुरा, अधिकांश यस्तो दुर्घटना अपरान्ह 12 बजेदेखि 2 बजेबीच घरदेखि मात्र 50 मीटरको दूरत्वमा हुन्छ। आँकड़ाले यो पनि बताउँछ, 93 प्रतिशत मामिलामा बाल-बालिकाहरू त्यसबेला डुबेका छन् जतिबेला वरिपरी वयस्क मानिसहरू उपस्थित हुँदैन थिए।
विश्व स्वास्थ्य संगठन, भारतका डा. बी. मोहम्मद असिलले भने, पछिल्ला दुई दशकभित्रमा विश्वभरि नै डुबेर हुने मृत्यु दर 38 प्रतिशत घटेको छ। तर निम्न र मध्य आय भएको देशमा स्थिति अहिले पनि सोचनीय नै छ। उनले भने, “डुब्नदेखि रोकथामको लागि हामीसित व्यवहारिक उपाय पहिलाबाटै छ, अब हामीले त्यसलाई धरातलमा लागू गर्न आवश्यक छ।”
रिपोर्टमा सुझाउ दिइएको छ, तलाउ अनि जलाशय वरिपरी बार लगाउने जस्तो उपाय स-सानो नानीहरूको सुरक्षाको लागि आवश्यक छ। यस अतिरिक्त सामुदायिक स्तरमा सीपीआर अनि बचाउ प्रशिक्षणको व्यवस्था गरिनुपर्छ, किनभने 90 प्रतिशत मामिलामा पहिला रेस्पण्डर कुनै आम ग्रामीण नै हुन्छ। यसको साथै बाल-बालिकाहरूलाई तैराकीको प्रारम्भिक प्रशिक्षण पनि दीर्घकालिक समाधानको रूपमा सामु आएको छ।
-----
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा