जम्मू, 26 जुलाई (हि.स.)। 2,300 भन्दा अधिक तिर्थयात्रीहरूको एक दल बाबा हिमको पूजा-अर्चना गर्नका लागि शनिवार जम्मूस्थित भगवती नगर आधार शिविरदेखि घाटी तर्फ प्रस्थान भयो। पछिल्लो 3 जुलाईदेखि शुरू भएको 38 दिवसीय सो यात्रा अन्तर्गत अहिलेसम्ममा 3.60 लाख तिर्थ यात्रीहरूले श्री अमरनाथको पवित्र गुफाको दर्शन गरिसकेका छन्। तथापि प्राकृतिक रूपमा निर्मित हिमको शिवलिंग पग्लिन थालेपछि पछिल्लो केही दिनदेखिको श्री अमरनाथ तिर्थ यात्रामा श्रद्धालुहरूको संख्या पनि घट्दै गएको छ।
अधिकारीहरूले बताए, पुलिस र सीआरपीएफ कर्मीहरूको सुरक्षामा 377 जना महिला अनि 51 जना साधु-साध्वी सहित 2,324 जना तिर्थ यात्रीहरूको 24औं समूह जम्मूको भगवती नगर आधार शिविरदेखि 92 वटा वाहनहरूमा सवार भई भोर बिहान 3.25 बजेदेखि 3.45 बजेबीच कश्मीरस्थित दुवै आधार शिविर तर्फ प्रस्थान भए। उनीहरूले बताए, 34 वटा वाहनहरूमा सवार भएका 741 जना तिर्थ यात्रीहरूको पहिलो लस्कर गाँदरबल जिल्लाको 14 किलोमीटर लामो तर अधिक ढलानयुक्त बालटाल मार्ग तर्फ प्रस्थान भयो। त्यसपछि 58 वटा वाहनहरूमा सवार भई 1,583 तिर्थ यात्रीहरूको दोस्रो लस्करले अनन्तनाग जिल्लाको 48 किलोमीटर लामो पारम्परिक पहलगाम मार्गबाट यात्रा गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा