इटानगर, 26 जुलाई (हि.स.)। अरुणाचल प्रदेशलाई इण्डिया इन्टरनेशनल ट्राभल मार्ट (आईआईटीएम) बेंगलुरु- 2025 मा सर्वश्रेष्ठ साहसिक पर्यटन स्थलको उपाधि प्रदान गरिएको छ जसबाट पर्यावरण-अनुकूल औ सांस्कृतिक रूपले समृद्ध यात्रा अनुभवहरूको एक प्रमुख केन्द्रको रूपमा यसको प्रतिष्ठा अझ बढ़ी सशक्त भएको छ।
यो सम्मान गए शुक्रवार सम्पन्न प्रतिष्ठित आईआईटीएम अवार्ड्स नाइटमा प्रदान गरियो जसमा अरुणाचल प्रदेशका प्रमुख हितधारकहरू, उद्योग जगतका प्रमुख एवं प्रतिनिधिहरूले भाग लिए।
विभागद्वारा जारी एक बयानमा भनिएको छ, यो मान्यताले राज्यका पर्यटन पहलहरूलाई प्रेरित गर्नेछ जुन यसको अदूषित प्राकृतिक सुन्दरता, जीवन्त आदिवासी संस्कृति एवं स्थायी साहसिक पर्यटन क्षमतालाी प्रदर्शित गर्नेमाथि केन्द्रित छ।
यो पुरस्कार स्थानीय समुदाय, पर्यटन पेशावर औ नीति निर्माताहरूको सहयोगात्मक प्रयासहरूको प्रमाण हो जसले राज्यलाई पूर्वी हिमालयमा ट्रेकिंगदेखि लिएर व्हाइट-वाटर राफ्टिंग, वन्यजीव अन्वेषण तथा सांस्कृतिक पथसम्म प्रामाणिक साहसिक अनुभवहरूको लागि भारतकै सर्वोच्च क्षेत्रको रूपमास्थापित गर्ने काम गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा