मणिपुरः ब्राउन शुगर र गाँजा तस्करीको भण्डाफोड़, तीन पक्राउ
मणिपुरः ब्राउन शुगर र गाँजा तस्करीको भण्डाफोड़, तीन पक्राउ


चुराचाँदपुर (मणिपुर), 26 जुलाई (हि.स.)। पुलिसले चुराचाँदपुर जिल्लामा दुई भिन्न अभियानहरू अन्तर्गत मादक पदार्थ तस्करीसित सम्बन्धित गम्भीर मामिलाको खुलासा गरेको छ।

पहिलो कारबाहीमा पुलिसले टोंजांग गाउँ निवासी 53 वर्षीय हाउसुआनलाल फियामफुलाई बेहियांग बस पार्किंगबाट पक्राउ गऱ्यो जसको जाँच गर्दा 168 ग्राम ब्राउन शुगर भेटियो। जाँचबुझमा आरोपीले आफ्नो साथी 33 वर्षीय लम्मिनलाल हाओकिप, निवासी थोंगखोलुई गाउँको नाम उजागर गऱ्यो जसलाई खेंजांग गाउँ नजिकैबाट पक्राउ गरियो। आरोपीहरूले तस्करीमा प्रयोग गरेको एउटा होण्डा एक्टिभा स्कुटरलाई केन्द्रिय चुराचाँदपुरस्थित वाहन पार्किंगबाट जफ्त गरियो।

दोस्रो कारबाहीमा सुरक्षा बलहरूले जिरीबाम जिल्लाको एफसीपी चेक पोस्टमा एउटा टाटा ट्रकलाई रोकेर जाँच गरे। यसमा 220 किलोग्राम गाँजा भेटियो जसलाई पुलिसले जफ्त गऱ्यो। खुमजी गाउँ, नोनी जिल्ला निवासी ट्रक चालक एसके काफुनलुंग (43 वर्ष)-लाई घटनास्थलबाटै पक्राउ गरियो। पुलिसले दुवै मामिलामा एनडीपीएस अधिनियम अन्तर्गत प्राथमिकी दर्ता गरी अग्रिम जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande