नगाउँ (असम), 26 जुलाई (हि.स.)। गोलाघाट जिल्लान्तर्गत उरियामघाटपछि आगामी दिनमा नगाउँ जिल्लाको हातीचोंग मौजाका दुई वटा स्थानमा प्रशासनले व्यापक रूपमा अतिक्रमण हटाऔं अभियानलाई संचालन गर्ने तयारी शुरू गरेको छ। नगाउँ सदर राजस्व चक्र कार्यालयद्वारा यसलाई लिएर सूचना जारी गरिएको छ।
हातीचोंग मौजाको गोरोइमारी पथारस्थित 72 नम्बर सरकारी ग्रेजिंग रिजर्भ औ हातीचोंग मौजाको बगरिगुरी पामको 62 र 63 नम्बर सरकारी ग्रेजिंग रिजर्भमा प्रशासनको अतिक्रमण अभियान संचालन गरिने जानकारी प्राप्त भएको छ। सरकारी ग्रेजिंग रिजर्वको भूमिलाई कब्जा गरेर ठूल्ठूला भवनहरू निर्माण गरिनको साथै संदिग्ध नागरिकहरूले माछा पाल्नको लागि तलाउ पनि खनेका छन्।बितेको राती उक्त सरकारी भूमिलाई खाली गर्नको लागि प्रशासनको तर्फबाट नोटिस जारी गरिएपछि क्षेत्रमा कौतुहलता बढ़ेको छ।
उल्लेखनीय छ, सरकारले राज्यभरि नै सरकारी एवं वन भूमिमा अवैध रूपमा कब्जा गर्नेहरूलाई हटाउनको लागि व्यापक अभियान आरम्भ गरेको छ। सरकारको यस कदमको कंग्रेस, एआईयूडीएफ समेत अन्य विपक्षी पार्टीहरूले विरोध गरिरहेका छन् भने जनसाधारणले सरकारको यस कदमलाई समर्थन गरिरहेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा