सामुदायिक स्वास्थ्य अधिकारीहरूको वेतन असमानतालाई लिएर असन्तोष, पश्चिम बंगाल सरकारमाथि उठ्यो प्रश्न
सामुदायिक स्वास्थ्य अधिकारीहरूको वेतन असमानतालाई लिएर असन्तोष, पश्चिम बंगाल सरकारमाथि उठ्यो प्रश्न


कोलकाता, 26 जुलाई (हि.स.)। पश्चिम बंगालमा राष्ट्रिय स्वास्थ्य मिशन (एनएचएम) अन्तर्गत संचालित सुस्वास्थ्य केन्द्रहरूसित जोड़िएका हजारौं सामुदायिक स्वास्थ्य अधिकारीहरूको वेतनमा असमानता अनि अनुबन्धित नियुक्तिलाई लिएर गहिरो असन्तोष उदाइरहेको स्पष्ट रूपमा देखिँदैछ।

लगभग 32 प्रतिशत अधिकारी अनुबन्धमा नियुक्त-राज्यमा अहिलेघरि मोठ 11 हजार 53 जना सामुदायिक स्वास्थ्य अधिकारीहरू कार्यरत् छन् जसमध्ये 3,550 जना अधिकारीहरूको नियुक्ति अनुबन्धको आधारमा गरिएको छ। अल इण्डिया एसोसिएशन अफ कम्युनिटी हेल्थ अफिसर (आइचो)- का एकजना पदाधिकारी अनुसार यो नीति एनएचएमको मूलभूत सिद्धान्तहरूविरूद्ध छ। अनुबन्धित कर्मचारीहरूलाई भविष्य निधि, ग्र्याच्युटी तथा चिकित्सा बीमा जस्ता सामाजिक सुरक्षा सुविधाहरू प्राप्त भएको छैन।

आइचो पदाधिकारीले बताए, एनएचएमको दिशा-निर्देश अनुसार कुनै पनि अनुबन्धित सामुदायिक स्वास्थ्य अधिकारीलाई 27 हजार 5 सय रुपियाँ मासिक समेकित वेतन अनि 15 हजार रुपियाँको न्यूनतम प्रोत्साहन राशि प्राप्त हुनुपर्छ। राज्यहरूलाई योभन्दा अधिक वेतन दिने छुट अवश्य छ, तर यस न्यूनतम सीमाभन्दा कम वेतन दिइनु हुँदैन।

तथापि पश्चिम बंगाल सरकारले यी दिशानिर्देशहरूलाई पूर्ण रूपले पालन गरिरहेको छैन। यहाँ अनुबन्धमा नियुक्त स्वास्थ्य अधिकारीहरूलाई मात्र 19 हजार 870 रुपियाँ समेकित वेतन र 5 हजार रुपियाँ प्रोत्साहन दिइँदैछ अर्थात मोठ 25 हजार 870 रुपियाँ प्रतिमहिना।

आइचो पदाधिकारी अनुसार छिमेकी राज्य ओडिशामा अनुबन्धमा नियुक्त सामुदायिक स्वास्थ्य अधिकारीहरूलाई मोठ 55 हजार रुपियाँ मासिकवेतन प्राप्त भइरहेको छ। त्यसैले पश्चिम बंगालका अधिकारीहरूमा गहिरो असन्तोष व्याप्त भएको छ। उनीहरूको भनाइ छ, केन्द्रद्वारा तय गरिएको न्यूनतम राशि अनुसार पनि वेतन दिरहेको छैन जुन पूर्ण रूपले अन्यायपूर्ण छ।

एसोसिएशनको भनाइ छ, यस वेतन असमानतालाई चाँड़ै सुल्झाइयोस् अनि न्यूनतम केन्द्रिय नीति अनुरूप वेतन र सुविधाहरू सुनिश्चित गरियोस्। अधिकारीहरूले यो पनि संकेत दिएका छन्, यदि सरकारले यस दिशामा तत्काल कदम उठाएन भने राज्यव्यापी आन्दोलन हुने सम्भावनालाई अस्वीकार गर्न सकिँदैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande