कोलकाता एयरपोर्टको व्यापक विस्तारः पुरानो डोमेस्टिक टर्मिनललाई भत्काएर बन्नेछ नयाँ अन्तर्राष्ट्रिय हब
कोलकाता एयरपोर्टको व्यापक विस्तारः पुरानो डोमेस्टिक टर्मिनललाई भत्काएर बन्नेछ नयाँ अन्तर्राष्ट्रिय हब


कोलकाता, 26 जुलाई (हि.स.)। पूर्वी भारतको सबैभन्दा व्यस्त हवाईअड्डहरूमा सामेल नेताजी सुभाष चन्द्र बोस अन्तर्राष्ट्रिय हवाईअड्डा अब एउटा ठूलो परिवर्तन तर्फ अग्रसर भएको छ। यात्रीहरूको बढ़्दो संख्यालाई मध्यनजर गर्दै एयरपोर्ट प्रशासनले पुरानो घरेलु टर्मिनललाई पूर्ण रूपले ध्वस्त बनाएर एक आधुनिक अन्तर्राष्ट्रिय टर्मिनल निर्माण गरिरहेको छ। यस विस्तार सहित एयरपोर्टको मोठ यात्री वहन क्षमता 26 मिलियन (2.6 करोड़)-देखि बढ़ेर 45 मिलियन (4.5 करोड़)-सम्म पुग्नेछ।

नयाँ टर्मिनल पूर्ण रूपले अन्तर्राष्ट्रिय उड़ानहरूको लागि समर्पित हुनेछ र यसलाई आधुनिक (यू) आकारको संरचना बनाइनेछ। यसलाई आगामी दशकहरूमा बढ़्दो अन्तर्राष्ट्रिय यात्री मागलाई सहजै अटाउन सकिने हिसाबले डिजाइन गरिनेछ।

एयरपोर्टका निदेशक डा. प्रभात रञ्जन बेउरियाले शनिवार बताए, वर्तमान टर्मिनल 2,22,973 वर्ग मीटरमा फैलिएको छ र प्रत्येक घण्टा लगभग 8,460 जना यात्रीहरू (5,500 घरेलु र 2,960 अन्तर्राष्ट्रिय)-लाई सम्हाल्ने क्षमता छ। तर वर्तमान ढाँचा अब द्रूत गतिमा आफ्नो सीमासम्म पुगिरहेको छ। त्यसैले नयाँ टर्मिनल निर्माण गर्नु समयको माग हो।”

जबसम्म नयाँ टर्मिनल पूर्ण रूपले तयार हुँदैन तबसम्म अन्तर्राष्ट्रिय सेक्शनमा 5,600 वर्ग मीटर (3,000 स्क्वायर मीटर डिपार्चर औ 2,600 स्क्वायर मीटर अराइभल)- लाई विस्तार गरिँदैछ। यस निर्माण कार्य सालको अन्तसम्म पूरा हुने आशा छ जसबाट एयरपोर्टको मोठ क्षमता 28 मिलियनसम्म पुग्नेछ।

लगभग एक दशकदेखि बन्द अवस्थामा रहेको पुरानो घरेलु टर्मिनल जसलाई कोभिडकालमा क्वारन्टिन सेन्टर एवं जाँच केन्द्रको रूपमा प्रयोग गरिएको थियो,-लाई पूर्ण रूपले भत्काइनेछ। यहाँबाट हज यात्रा पनि संचालन हुँदै आएको छ। यसको लागि सार्वजनिक क्षेत्रको कम्पनी एमएसटीसी लिमिटडलाई ठेका दिइएको छ जसले पुरानो ढाँचाको स्क्र्यापलाई लीलालमी गर्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande