सिलगढ़ीमा एनजीओको आड़मा मानव तस्करी भएको खुलासा, एकजना पक्राउ
सिलगढ़ीमा एनजीओको आड़मा मानव तस्करी भएको खुलासा, एकजना पक्राउ


कोलकाता, 26 जुलाई (हि.स.)। पश्चिम बंगालको सिलगढ़ीमा एनजीओको आड़मा भइरहेको मानव तस्करी गिरोहको भण्डाफोर भएको छ। पुलिसले यस मामिलामा 'दुर्ग एजुकेशन एण्ड च्यारिटेबल सोसाइटी' नामक संगठनका प्रोजेक्ट डाइरेक्टर वीरेन्द्र प्रताप सिंहलाई पक्राउ गरेको छ।

पुलिस जाँचमा थाहा लागे अनुसार यो एनजीओले गरीब परिवारहरूका युवतीहरूलाई ठूल्ठूला कम्पनीहरूमा नोकरी दिलाउने प्रलोभन देखाएर फसाउँथ्यो। विशेष कुरा के हो भने एनजीओका सदस्यहरू स्वयं गाउँमा जानको सट्टा ब्लक स्तरमा एजेन्टहरू नियुक्त गरिएको थियो जसले युवतीहरूको आवेदन संकलन गरेर तिनीहरूलाई ट्रेनिंग सेन्टरमा पठाउँथे।

यस गिरोहको पोल त्यसबेला खोलियो जतिबेला यसै हप्काको शुरूमा राजधानी एक्सप्रेसबाट 56 जना युवतीहरूलाई न्यू जलपाईगुड़ी स्टेशनमा मानव तस्करी हुन अगावै उद्धार गरिएको थियो। रेलवे सुरक्षा बल (आरपीएफ) औ राजकीय रेलवे पुलिस (जीआरपी)- को संयुक्त कारबाहीमा दुवै आरोपीलाई पनि घटनास्थलबाट पक्राउ गरियो।

युवतीहरूलाई बिहार लगिँदैथ्यो साथै उनीहरूलाई भनिएको थियो, उनीहरूले एउटा नामी मोबाइल कम्पनीमा नोकरी पाउनेछन्। सबै पीड़ित युवतीहरू जलपाईगुड़ी, बनारहाट, कुचबिहार औ अलिपुरद्वारको कालचीनी क्षेत्रका छन्। यहाँका चिया बगान क्षेत्रहरूमा बसोबास गर्ने महिलाहरू मुख्य रूपमा गिरोहको लक्ष्य थियो।

पुलिस मुताविक एनजीओले सिलगढ़ीमा एउटा ट्रेनिंग सेन्टर र छात्रावास संचालन गरिरहेको थियो। युवतीहरूलाई पहिला बेसिक ट्रेनिंग दिइन्थ्यो, त्यसपछि भरोसा जितेपछि उनीहरूलाई बाहिर काम दिने बहानामा पठाइन्थ्यो।

हाल पुलिसले उद्धार गरिएका युवतीहरूको बयान दर्ता गरिरहेको छ भने उनीहरूलाई एनजीओको सम्पर्कमा पुऱ्याएका एजेन्टहरूलाई पनि खोजिरहेको छ। साथै एनजीओबाट जफ्त दस्तावेज र कम्प्यूटरको माध्यमबाट पछिल्लो ब्याचका युवतीहरूको जानकारी पनि जुटाइँदैछ।

यस्तो घटना प्रकाशमा आएपछि क्षेत्रमा कोकोहोलो मच्चिएको छ साथै प्रश्न उठिरहेको छ कि यतिका लामो समयसम्म यो गिरोह कसरी सक्रिय रह्यो। पुलिसले सम्पूर्ण नेटवर्कलाई उजागार गर्नको लागि जाँचलाई तीव्रता दिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande