कोलकाता, 26 जुलाई (हि.स.)। पछिल्लो केही मिहनाभित्रमा चारजना विद्यार्थीहरूको असामान्य मृत्युका घटनाहरूको सामना गरिसकेको आईआईटी खड़गपुरले अब विद्यार्थी कल्याण एवं मानसिक स्वास्थ्यलाई लिएर एक व्यापक पहल शुरू गरेको छ। संस्थानले ‘सेतु’ नामबाट एउटा नयाँ प्लेटफर्म लञ्च गरेको छ जसको उदेश्य विद्यार्थीहरूकोलागि समावेशी, तकनिक-सक्षम एवं विद्यार्थी-केन्द्रित सहयोग तन्त्र तयार गर्नु हो। यस आशयको जानकारी संस्थानका प्रवक्ता प्रतीक दामाले विशेष रूपमा हिन्दुस्थान समाचार-लाई दिएका छन्।
आईआईटी खड़गपुरका निदेशक प्रोफेसर सुमन चक्रवर्तीले यस पहलको औपचारिक शुभारम्भ गरे। ‘सेतु’को पूरा नाम हो-सपोर्ट एम्प्याथी ट्रान्सपोर्टेशन एण्ड अपलिफ्मेन्ट। यसको उदेश्य एक हेल्पलाइन वा परामर्श सेवासम्म मात्र सीमित नरहेर यो एक समग्र तन्त्र हो जसमा तकनिक अनि संवेदनशीलता दुवै समावेश रहेको छ।
संस्थानका प्रवक्ता अनुसार ‘सेतु’ शब्द संस्कृतमा पुलको प्रतीक हो र यसको प्रयोग प्रतीकात्मक रूपमा गरिन्छ- अलगाउदेखि जुड़ाउ तर्फ, मानसिक संकटदेखि मानसिक सुदृढ्ता तर्फ, परम्परादेखि तकनिक तर्फ।
यस वर्ष गए जनवरीदेखि जुलाईबीच भएको चार जना छात्रहरू क्रमैले शौन मलिक (12 जनवरी), अनिकेत वकर (20 अप्रेल), मोहम्मद आसिफ क़मर (04 मई) औ रितम मण्डल (18 जुलाई)-को आत्महत्याको घटनालाई मध्यनजर गर्दै यो पहल शुरू गरिएको हो। यी घटनाहरूले देशभरि नै विद्यार्थीहरूको मानसिक स्वास्थ्य र अकादमिक दबावलाई लिएर गम्भीर चिन्ता उत्पन्न गरिदिएको थियो।
‘सेतु’ अन्तर्गत केही सेवाहरू शुरू गरिएको छ जसमा व्यक्तिगत थेरपी, मनोरोग चिकित्सा, समूह चर्चा सत्र, चौबिसै घण्टा अनलाइन परामर्श सेवा (योर दोस्तको माध्यमबाट) औ सम्पूर्ण क्याम्पसमा मानसिक स्वास्थ्य जागरूकता सामेल छन्। यसमा सामेल हुने विद्यार्थीहरूको नामलाई गोपनीय राखिनेछ।
एक महत्वपूर्ण पक्ष यो पनि छ, होस्टेल अनि अकादमिक ब्लकहरूमा एक एआई-संचालित इमोशनल हेल्थ मनिटरिंग सिस्टम स्थापना गरिँदैछ जसले विद्यार्थीहरूको मानसिक स्थितिलाई गुप्त रूपमा ट्र्याक गरेर शुरूआती संकेतमाथि तुरून्त प्रतिक्रिया दिन सक्षम हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा