दक्षिण 24 परगना, 26 जुलाई (हि.स.)। दक्षिण 24 परगना जिल्लाको महेशतलामा एकजना वृद्ध महिलालाई कथित रूपमा जिउँदै जलाएर मारेको घटनाले सम्पूर्ण क्षेत्रमा सन्त्राष व्याप्त भएको छ। मृतकको पहिचान बिजली घोष (80)-को रूपमा भएको छ। पुलिसले यस घटनालाई परिणाम दिएको आरोपमा महिलाको आफ्नै छोरा सञ्जय घोष (50)-लाई पक्राउ गरेको छ।
स्थानीय सूत्र अनुसार बिजली देवी आफ्नो छोरा सञ्जयसित एक्लै बस्दै आएकी थिइन्। उनका पति मृत्युञ्जय घोषको निधन केही वर्षपूर्व भएको थियो। सञ्जय मानसिक रूपमा अस्थिर छ। छिमेकीहरूको भनाइ छ, उसले पहिला पनि धेरैपटक आफ्नी आमामाथि अत्याचार गरिसकेको थियो। केही समयपूर्व उसले बिजली देवीको शिरमा गम्भीर चोट पारेको थियो। सञ्जयलाई पुलिसले धेरैपटक चेताउनी दिसकेको थियो, तर कुनै स्थायी समाधान हुन सकेन।
गए शुक्रवार दिनभरि नै पानी परिरह्यो। साँझ पर्दान-पर्दा सम्पूर्ण क्षेत्र लगभग सुनसान भइसकेको थियो। राती बिजली देवीको घरबाट धुँवा निक्लिरहेको देखेर स्थानीय मानिसहरू सतर्क भए। केही मानिसहरूले बताए, बिहानदेखि कै अनौठो गन्ध आइरहेको थियो। मानिसहरू घरको नजिकमा पुगेर हेर्दा घरको झ्याल-ढोका सबै बन्द थिए र भित्रबाट धुँवा निक्लिरहेको थियो।
स्थानीयहरूले तुरून्त महेशतला थाना र बजबज फायर ब्रिगेडलाई सूचना दिए। पुलिस र दमकलको टीम घटनास्थलमा पुगेर ढोका भत्काएर भित्र प्रवेश गऱ्यो जहाँ बिजली देवीको जलेको शव ओछ्यानमा थियो भने सञ्जय नजिकैको कोठामा ढल्किरहेको थियो।
पुलिसले तुरून्त वृद्धाको शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदियो अनि सञ्जयलाई हिरासतमा लिएर जाँचबुझ गर्न शुरू गऱ्यो। प्रारम्भिक जाँचमा सन्देह व्यक्त गरिएको छ, सञ्जयले नै आफ्नी आमालाई जिउँदै जलाएर हत्या गरेको हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा