मुर्शिदाबादमा तृणमूल कार्यकर्ताको कुटेरै हत्या गरियो
मुर्शिदाबादमा तृणमूल कार्यकर्ताको कुटेरै हत्या गरियो


कोलकाता, 26 जुलाई (हि.स.)। पश्चिम बंगालको मुर्शिदाबाद जिल्लामा एकजना तृणमूल कंग्रेस कार्यकर्ताको कुटेरै हत्या गरियो। मृतकको परिवारले आरोप लगायो, भारतीय जनता पार्टी (भाजपा)-का कार्यकर्ताहरूले पुरानो मुद्दालाई फिर्ता लिने दबावमा यस हमलालाई परिणाम दिए। घटनाको कारणले क्षेत्रमा तनाउ व्याप्त भएको छ र पुलिसले मामिलाको जाँच गरिरहेको छ।

मृतककि पहिचान 43 वर्षीय पतित पालको रूपमा भएको छ जो रेजिनगर थाना अन्तर्गत अंदुलबेड़िया कलोनीका निवासी थिए। जानकारी मुताविक गत 21 जुलाईको राती पतित पाल टोटो चलाएर घर फर्किरहेका थिए। यसै क्रममा केही हतियारधारी आक्रमणकारीहरूले तिनलाई बलजफ्ती नजिकैको मैदानमा पुऱ्याएर मरूञ्जेल कुटे। परिवारको आरोप छ, उसलाई फलामको रड, लौरो आदिले हमला गरियो जसले गर्दा उसको हात-खुट्टा र कम्मरका हड्डीहरू भाँचिए। गम्भीर घाइते अवस्थामा तिनलाई मुर्शिदाबाद मेडिकल कलेज एवं अस्पतालमा भर्ती गरियो जहाँ गए शुक्रवार राती तिनको मृत्यु भयो।

मृतकको भाइ परितोष पालले शनिवार आरोप लगाए, “बीजेपीका मानिसहरूले मेरो दाज्युलाई लगातार धम्काइरहेका थिए। गत 21 जुलाईमा उ टोटो लिएर आइरहेको थियो। अचानक उसलाई बीच बाटोबाटै अपहरण गरियो। बन्दुक देखाएर उसलाई मैदानमा लग्यो अनि त्यहीँ मरूञ्जेल कुटपिट गऱ्यो। स्थानीय मानिसहरूले हामीलाई खबर दिएपछि हामीले उसलाई अस्पतालमा लिएर गयौं, तर शुक्रवार राती उसको निधन भयो। हामी दोषीहरूको लागि कड़ा सजायको माग गर्दछौं।”

रेजिनगर थाना पुलिसले घटनाको सिलसिलामा छःजना मानिसहरूविरूद्ध प्राथमिकी दर्ता गरेको छ भने अन्य आरोपीहरूको खोजीमा छापामारी शुरू गरेको छ। सम्पूर्ण क्षेत्र तनाउग्रस्त भएको छ र पुलिसले स्थितिमाथि नजर राखिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande