कछार, 26 जुलाई (हि.स.)। असमको कछार जिल्लान्तर्गत लखिपुर पुलिस स्टेशनको अधिकार क्षेत्रमा पैलापूल नजिक गरिएको विशेष जाँच अवधि एउटा ट्रकबाट प्रचुर मात्रामा बियर जफ्त गरियो। यस सम्बन्धमा दुईजना आरोपीहरूलाई पक्राउ गरियो।
कछार जिल्ला पुलिस अधिकारीद्वारा आज जारी एक बयानमा बताइएको छ, जाँचको लागि एउटा कन्टेनर ट्रक (एएस-01आरसी-0153)-लाई रोकियो। ट्रक मणिपुरको जिरीबाम तर्फ गइरहेको थियो। उक्त ट्रकलाई जाँच गर्दा मिनी नुडल्सका कार्टनहरूमुनि गुप्त ढंगमा लुकाएर राखिएको प्रचुर मात्रामा अरूणाचली मदिरा भेटियो।
स्वतन्त्र गवाहहरूको उपस्थितिमा गरिएको खोजी अभियानको क्रममा किंगफिशर बियरको 120 कार्टन (प्रत्येक कार्टनमा 24 वटा केन बियर), ओल्ड मोंक प्रीमियम बियरको 370 कार्टन (प्रत्येक कार्टनमा 24 वटा बियर), मिनी नुडल्सको 530 कार्टन (प्रत्येक कार्टनमा 60 वटा प्याकेट) जफ्त गरियो। बरामद किये गये। अरूणाचल प्रदेशमा निर्मित यी सबै आबकारी वस्तुहरूलाई अरूणाचल प्रदेशमै मात्र बेच्न पाइन्छ ।
यस मामिलामा सुबिर कुमार र अक्षय कुमार (निवासी मोतिहारी, बिहार) नामक दुईजना व्यक्तिहरूलाई पक्राउ गरिएको छ भने मामिलाको अग्रिम कानूनी कारबाही शुरू गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा