बीरभूम, 26 जुलाई (हि.स.)। शान्तिनिकेतनस्थित विश्वभारती विश्वविद्यालयको ऐतिहासिक परिसर पाँच वर्षको अम्तरालपछि एकपटक फेरि आम मानिस अनि पर्यटकहरूको लागि खोलिँदैछ। आगामी 3 अगस्त, 2025 आइतवारदेखि विश्वविद्यालय परिसरमा ‘हेरिटेज वक’ शुरू हुनेछ। यस सम्बन्धमा विश्वविद्यालयका कार्यवाहक जनसम्पर्क अधिकारी अतिग घोषले एक आधिकारिक विज्ञप्ति जारी गरी जनकारी दिएका छन्।
विश्वविद्यालयका कुलपति प्रोफेसर प्रवीर कुमार घोषले पहिला नै स्पष्ट पारेका थिए, विश्वविद्यालय परिसरलाई पर्यटकहरूको लागि फोरि खोल्नु उनीहरूको प्राथमिकताहरूमध्ये एक हो। हेरिटेज वकको तयारी यस वर्ष गत मार्च महिनादेखि नै शुरू भएको थियो भने गत बुधवार यसको परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ। त्यसपछि प्रशासनले परिसरलाई सबैको निम्ति खोल्ने फसेला लियो।
विज्ञप्तिमा बताइएको छ, हेरिटेज वक हरेक आइतवार आयोजना गरिनेछ भने पर्यटकहरूलाई शान्तिनिकेतनका मुख्य विरासत स्थलहरूको भ्रमण प्रशिक्षित गाइडहरूको साथमा गराइनेछ। यसको लागि अलग-अलग श्रेणी अनुसार टिकट दर तय गरिएको छ। रवीन्द्र भवनलाई हेर्नको लागि भिन्नै शुल्क लिइनेछ। टिकट रवीन्द्र भवन संग्रहालयको काउन्टरबाट प्राप्त गर्न सकिन्छ। अनलाइन बुकिंगको सुविधा आगामी नोभेम्बरदेखि दिसम्बर महिनाबीच शुरू गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा