कोलकाता, 26 जुलाई (हि.स.)। बंगालको खाड़ीमा निर्मित निम्न दबाव क्षेत्र अब बिस्तारै झारखण्ड तर्फ बढ़्दै गइरहेको भए पनि यसको प्रभाव अहिले पनि दक्षिण बंगालका केही जिल्लाहरूमा कायम रहनेछ। मौसम विभागले स्पष्ट रूपमा भनेको छ, आगामी एक हप्तासम्म बंगालका केही भागहरूमा रोकिँदै वर्षा भइरहनेछ भने कतिपय स्थानहरूमा तीव्र वर्षा हुनेआशंका छ।
अलिपुर मौसम विभाग मुताविक यो दबाव शनिवार भोर बिहान झारखण्डको माथि पुग्नेछ। यसको स्थिति हाल राँचीदेखि 20 किलोमीटर उत्तर-पश्चिम एवं जमशेदपुरदेखि लगभग 120 किलोमीटर उत्तर-पश्चिममा छ। आगामी 36 घण्टाभित्रमा यो सिस्टम अझ बढ़्दै गएर छत्तीसगढ़, उत्तर-पूर्वी मध्य प्रदेश औ दक्षिण-पूर्वी उत्तर प्रदेश तर्फ जानेछ।
शनिवार र आइतवार कोलकाता, हावड़ा, हुगली, उत्तर 24 परगना, दक्षिण 24 परगना, पूर्व औ पश्चिम मेदिनीपुर, बाँकुड़ा, पुरुलिया, पश्चिम र पूर्व बर्दवान, बीरभूम एवं झाड़ग्राममा मेघ गर्जन सहित तीव्र वर्षा हुनसक्छ। केही क्षेत्रहरूमा हावाको गति 30-40 किलोमीटर प्रतिघण्टा हुनसक्छ। कुनै-कुनै ठाउँमा हावाको गति 60 किलोमीटर प्रतिघण्टा पनि पुग्नसक्छ।
शनिवार दक्षिण 24 परगना, पुरुलिया औ बाँकुड़ामा घना वर्षा हुने सम्भावना छ भने आइतवार यो प्रभाव नदिया र मुर्शिदाबादमा रहनेछ। सोमवार उत्तर 24 परगना अनि नदियामा तीव्र वर्षा हुनसक्छ। मंगलवार कोलकाता समेत हावड़ा, हुगली, पूर्व-पश्चिम मेदिनीपुर, पूर्व बर्दवान औ दुवै परगनामा घना वर्षा हुने अनुमान लगाइएको छ। उत्तर र दक्षिण 24 परगनामा घनाभन्दा घना वर्षा अर्थात 7 देखि 20 सेमीसम्म वर्षा हुने सम्भावनालाई मध्यनजर गर्दै ‘अरेञ्ज अलर्ट’ जारी गरिएको छ।
शनिवारदेखि आगामी मंगलवारसम्म उत्तर र मध्य बंगालको खाड़ी एवं तटीय क्षेत्रहरूमा 40-50 किलोमीटर प्रतिघण्टाको गतिले हावा चल्नएछ। केही समयको लागि हावा 60 किलोमीटर प्रतिघण्टाको गतिले पनि चल्नसक्छ। यसैलाई केन्द्र गर्दै मछुआराहरूलाई अहिलेघरि समुद्रमा जानदेखि कड़ा रोक लगाइएको छ।
दक्षिण मात्र नभएर उत्तर बंगालमा पनि वर्षाले आफ्नो प्रभाव देखाउनेछ। शनिवार जलपाईगुड़ी, अलिपुरद्वारमा चेताउनी जारी गरिएको छ। आइतवार दार्जीलिङ र कालेबुङमा अनि सोमवार दार्जीलिङ, जलपाईगुड़ी, उत्तर एवं दक्षिण दिनाजपुरमा मुसलधारे पानी पर्नसक्छ।
मौसम विभागको भनाइ स्पष्ट छ, बंगालमा मनसुन पूर्ण रूपले सक्रिय भएको छ र हाल यसबाट राहत पाउने आशा छैन। आगामी केही दिनसम्म राज्यमा कतै हल्का त कतै घना वर्षा भइरहनेछ। मानिसहरूलाई सतर्क रहने अनि आति आवश्यक परे मात्र घरदेखि बाहिर जाने सल्लाह दिइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा