सिलगढ़ी, 26 जुलाई (हि.स.)। भक्तिनगर थाना पुलिसले सिलगढ़ीको ईस्टर्न बाईपास स्थित मण्डल पेट्रोल पम्प संलग्न क्षेत्रबाट एक युवकलाई भारी मात्रामा प्रतिबन्धित कफ सिरपको साथ पक्राउ गरेको छ। पक्रा परेको युवकको नाम शान्तिनगर बउबजार क्षेत्र निवासी बिल्टू सरकार।
सूत्रहरू अनुसार, भक्तिनगर थाना पुलिसलाई ईस्टर्न बाइपास क्षेत्रमा मादक पदार्थहरूको आदान-प्रदान हुन गइरहेको गुप्त सूचना प्राप्त भएको थियो। यही सूचनाको आधारमा शुक्रवार अबेर राति भक्तिनगर थाना पुलिसले उक्त क्षेत्रमा अभियान चलाएर बाइक चालक एक युवकलाई पक्राउ गऱ्यो। जब उसको तलाशी लिइयो तब उसको ब्यागदेखि प्रचुर मात्रामा प्रतिबन्धित कफ सिरप जफत भयो। जसपछि युवकलाई एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरी पक्राउ गरियो। तस्करीमा प्रयोग गरिएको बाइक पनि जफत गरियो। भक्तिनगर थाना पुलिस अग्रिम जाँचमा जुटेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी