युवकको शव सड़क किनारमा फेला पऱ्यो
युवकको शव सड़क किनारमा फेला पऱ्यो


नयाँ दिल्ली, 26 जुलाई (हि.स.)। दक्षिण-पूर्वी दिल्लीको बदरपुर बस स्टप नजिक शनिवार बिहान एक जना अज्ञात युवकको रगतपच्छे भएको शव भेटियो। मृतकको पहिचान श्याम कलोनी फरिदाबाद निवासी मकबुल अकराम (20)- को रूपमा भएको छ। हाल बदरपुर थाना पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।

दक्षिण-पूर्वी जिल्लाका डीसीपी हेमन्त तिवारी अनुसार शनिवार बिहान लगभग 4:35 बजी बदरपुर सब-डिभीजनको गस्ती टीमले मथुरा रोडमा गस्ती गरिरहेको थियो। यसै अवधि बस स्ट्याण्ड नम्बर-5,433 नजिकै एक जना युवकलाई अचेत अवस्थामा सड़कमा लड़िरहेको भेटियो। उसको टाउकोबाट रगत बगिरहेको थियो। पुलिस टीमले पीसीआरको सहयोगमा युवकलाई नजिकैको एम्स ट्रमा सेन्टरमा भर्ती गरायो जहाँ डाक्टरले उसलाई मृत घोषित गरिदियो। डीसीपी अनुसार पुलिसले क्राइम टीमलाई घटनास्थलमा बोलाएर घटनास्थलको जाँच एवं फोटोग्राफी गरायो। हाल पुलिसले पोस्टमर्टम रिपोर्टको प्रतीक्षा गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande