कोलकाता, 26 जुलाई (हि.स.)। केस्टोपुर भीआईपी रोडमा शनिवार अपरान्ह भएको एक पीड़ादायी सड़क दुर्घटनामा परी एकजना डिलीभरी ब्वोयको मृत्यु भयो। मृत युवकको पहिचान पश्चिम मिदनापुर निवासी अमित मन्नाको रूपमा भएको छ जसले डिलीभरीको काम गर्थे।
पुलिसद्वारा दिइएको जानकारी अनुसार बागुईहाटी तिरबाट आइरहेको 211 रूटको बसले केस्टोपुर मोड़मा आइपुगेपछि साइकल सवार जिलीभरी ब्वोयलाई ठक्कर दियो। ठक्कर भयानक थियो जसले गर्दा उक्त युवक उछिटिएर बसक मुनि परे जसलाई बसले कुल्चिँदा घटनास्थलमै उसको मृत्यु भयो।
दुर्घटना भएको तुरून्तैपछि घटनास्थलमा उपस्थित ट्राफिक पुलिस कर्मीहरूले घाइते युवकलाई भीआईपी रोड किनारमा अवस्थित एक निजी अस्पतालमा पुऱ्याए जहाँ डाक्टरहरूले उसलाई मृत घोषित गरिदिए।
पुलिसले घातक बसलाई जफ्त गरेको छ, तर दुर्घटनापछि चालक र कन्डक्टर घटनास्थलबाट भाग्न सफल भए जसलाई पुलिसले खोजिरहेको छ। मृतकको शवलाई पोस्टमर्टम गर्नको लागि आरजी कर अस्पतालमा पठाइएको छ। घटनापछि स्थानीय मानिसहरूमा व्यापक रोष व्याप्त भएको छ। उनीहरूले बस चालकको लापरवाहीविरूद्ध कड़ा कारबाही गर्ने माग गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा