दार्जिलिङ, 26 जुलाई (हि.स.)। अलग राज्य गोर्खाल्याण्ड गठनले मात्र शहीदहरुको साँचो मूल्याङ्कन हुने अलग राज्य समन्वय समिति (एसएससीसी) ले दावी गरेको छ। आइतवार 27 जुलाईमा पालन गरिने गोर्खाल्याण्ड शहीद दिवसको ठीक एकदिन अघि उक्त अडान राख्दै एसएससीसीले पहाडव्यापी पोस्टरिङ गरेको जानकारी छ।
यता दार्जिलिङमा पोस्टरिङ गरेपश्चात समितिका सिद्धान्त राई अनि किरण प्रधानले पत्रकारहरुलाई सम्बोधन गर्दै केन्द्र र राज्यको हली-गोठालो हुने क्षेत्रीय दलहरुले शहीदहरुलाई खदा र मालामा सीमित तुल्याएको गम्भीर आरोप लगाएका छन्।
हिन्दुस्थान समाचार / हनोक