डिब्रुगढ़ (असम), 26 जुलाई (हि.स.)। डिब्रुगढ़ जिल्लाको दुलियाजानमा गए राती पुलिसद्वारा संचालित एक अभियान अवधि तीनजना चोरहरूलाई पक्राउ गरियो। यी चोरहरूले लामो समयदेखिकै माथिल्लो असम लगायत राज्यका विभिन्न स्थानहरूमा चोरी गरेर एकप्रकारको आतंक नै मच्चाइरहेका थिए।
पुलिस सूत्रले शनिवार बतायो, पक्रा पर्ने चोरहरविरूद्ध बिश्वनाथ चारियाली र जोरहाटको टियक पुलिस थानामा पहिलाबाटै मामिला दर्ता गरिएको छ।
यी चोरहरूको पहिचान ओडिशाको जाजापुर जिल्लास्थित कोराई पुलिस थानान्तर्गत पुबाकर्ता गाउँको चान्दु दास र सोही क्षेत्रको रवी दास एवं दुलियाजनको देसिंग दासको रूपमा गरिएको छ।
पुलिसको अभियान टीमले चोरहरूको समूहबाट एउटा पल्सर बाइक (ओडी-15यू-8115) जफ्त गरेको छ। यी चोरहरूसित दुलियाजन पुलिस थानामा बिश्वनाथ चारियाली औ टियक पुलिसको टीमले जाँचबुझ गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा