गान्तोक, 26 जुलाई (हि.स.)। कारगिल विजय दिवसको अवसरमा सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले आज बरदाङस्थित प्ररेणा स्थल भ्रमण गरे। उनले कारगिल युद्धका वीर नायकहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको असाधारण बहादुरी र देशभक्तिलाई सलाम गरे, जसले भारतका हरेक नागरिकलाई प्रेरणा दिइरहेको छ।
प्ररेणा स्थलको स्थापना राजभवन सिक्किमले अक्टोबर 2023 को विनाशकारी बाढीको चपेटमा परेर शहीद बनेका बहादुर जवानहरूको स्मृतिमा गरेको हो। राज्यपालले स्मारकमा पुष्पगुच्छा अर्पण एवं प्रार्थना गरे र शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरे।
राज्यपालले उनीहरूको सम्मानमा एक क्षण मौनधारण गरे र देशको रक्षा गर्ने उनीहरूको अदम्य भावना र समर्पणको सम्झाना गरे भनी राजभवनले विज्ञप्तिमा बताएको छ।
हिन्दुस्थान समाचार / बिशाल