कोलकाता, 26 जुलाई (हि.स.)। कोलकाताको चर्चित ल कलेज दुष्कर्म मामिलाको जाँच द्रूत गतिमा भइरहेको छ। अब फरेन्सिक जाँचका दुईवटा महत्वपूर्ण रिपोर्टहरूले यस मामिलामा तीनजना मुख्य आरोपीहरूको भूमिकालाई पुष्टि गरिदिएका छन्। यसमा एकजना आरोपी जहाँ मुख्य रूपले दुष्कर्मको आरोपी हो भने अन्य दुईजनालाई उसको सहयोगीको भूमिकामा चिन्हित गरिएको छ।
पुलिस सूत्र मुताविक पहिलो फरेन्सिक रिपोर्ट आरोपी मनोजीत मिश्राको मोबाइल फोनको जाँचसित जोड़िएको छ। मोबाइल डेटाबाट कलेज छात्रासित दुष्कर्म भएको पुष्टि मात्र भएको छैन जबकि मिश्राको पहिलो यौन शोषणका घटनाहरूको पनि संकेत पाइएको छ। यद्यपि अधिकारीहरूले यी पुराना मामिलाहरूको बारेमा हाल अधिक जानकारी दिनदेखि अस्वीकार गरेका छन्।
दोस्रो रिपोर्ट घटनास्थल अर्थात कलेज परिसरस्थित गार्ड रूमबाट प्राप्त रगतको नमूनामाथि आधारित छ। उक्त रिपोर्टबाट मनोजीत मिश्रा बाहेक जैब अहमद र प्रमित मुखोपाध्यायको उपस्थिति र संलिप्तताको पनि पुष्टि भएको छ। पुलिसको भनाइ छ, यी दुवै रिपोर्टको आधारमा तीनैजना आरोपीहरूविरूद्ध मुद्दा यतिसाह्रो सशक्त भएको छ कि आरोपीहरू बच्ने सम्भावना क्षीण छ।
जाँच गर्ने क्रममा अहिलेसम्ममा 60 जना गवाहरूको बयान दर्ता गरिसकिएको छ। यसको साछै कलेज परिसरको सीसीटीभी क्यामराको फुटेज पनि जाँचको महत्वपूर्ण भाग भएको छ। भीडियोमा आरोपीहरूले छात्रालाई तानेर गार्ड रूममा लैजाँदै गरेको देखिएको छ जहाँ कथित रूपमा घटनालाई परिणाम दिइयो।
यस सप्ताह पुलिसले तीनै आरोपीहरूको ‘गेट प्याटर्न एनालिसिस’ (हिँड़ने शैलीको आधारमा पहिचान)-को पनि जाँच गरायो जसबाट यो पुष्टि भयो, सीसीटीभीमा देखिएका मानिसहरू तिनीहरू हुन् जो हाल पुलिसको पञ्जामा छन्।
पुलिस अधिकारीहरूले दाबी गरेका छन्, गवाहरूको बयान, फरेन्सिक प्रमाण तथा सीसीटीभी फुटेजको आधारमा तयार गरिएको यो मामिला पूर्ण रूपले ठोस छ र चाँड़ै नै अदालतमा पेश गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा