गान्तोक, 26 जुलाई (हि.स.)। पत्र सूचना कार्यालय, गान्तोक र ईपीएफओ, सिक्किमले आज संयुक्त रूपमा गान्तोकमा प्रधानमन्त्री विकसित भारत रोजगार योजनामाथि एक पत्रकार सम्मेलन आयोजन गऱ्यो। गान्तोकका क्षेत्रीय भविष्य निधि आयुक्त केसाङ नामथक तेञ्जिङले मिडियालाई सम्बोधन गरे। यो प्रेस सम्मेलनको उद्देश्य यो योजनाको लाभमाथि प्रकाश पार्नु र सिक्किमका मानिसहरूलाई 1 अगस्त, 2025 देखि देशभरिमा शुरु हुने यो योजनाको लाभ कसरी प्राप्त गर्न सक्छन् भन्ने कुरा उजागर गर्नु थियो। उक्त जानकारी पीआईबीले दिएको छ।
तेञ्जिङले भने, प्रधानमन्त्री विकसित भारत रोजगार योजना आजको भारतमा अभूतपूर्व छ। यो योजनाले पहिलो पटक नोकरी गर्ने कर्मचारीहरू साथसाथै उनीहरूका नियोक्ताहरूलाई पनि धेरै लाभ प्राप्त हुनेछ। यो योजनाको परिव्यय 99,466 करोड रुपियाँ छ र यसले भारतका 3.5 करोडभन्दा अधिक नागरिकहरूलाई लाभ पुऱ्याउने अपेक्षा गरिएको छ।
पहिलो पटक नोकरी गर्ने कर्मचारीहरूलाई जसको वेतन 15000 रुपियाँसम्म छ, उनीहरूलाई प्रोत्साहन गर्न भारत सरकारले दुई किस्तामा अनुदान दिनेछ। एउटा वित्तीय साक्षरता पाठ्यक्रम पूरा गरेपछि 6 महिनापछि र अर्को बाह्र महिनापछि दिइनेछ। नियोक्ताहरूका लागि दुई खण्ड छन्, पचासभन्दा कम कर्मचारी भएका नियोक्ता र पचासभन्दा अधिक कर्मचारी भएका नियोक्ता।
तेञ्जिङले अझ भने, लाभार्थी कर्मचारीलाई उमङ्ग ऐपको माध्यमद्वारा फेस रिकग्निशन प्रविधिको माध्यमद्वारा 12 अङ्कको युनिभर्सल अकाउन्ट नम्बर (यूएएन) जेनरेट गर्नुपर्छ। कर्मचारीहरूको लागि देय राशि प्रत्यक्ष ब्याङ्क हस्तान्तरण (डीबीटी) को माध्यमद्वारा र नियोक्ताको लागि राशि कम्पनीको पेन नम्बरसँग जोडिएको ब्याङ्क खातामा पुग्नेछ। यसले कुनै पनि प्रकारको वित्तीय चुहावटलाई रोक्न सक्नेछ। उनले भने कि सिक्किममा लाभार्थीहरूसम्म पुग्न विभिन्न जागरूकता उपाय अपनाइँदैछ। उनले थप भने, सिक्किम यस योजनाबाट धेरै लाभान्वित हुनेछ।
तेञ्जिङको भाषणपछि कार्यक्रममा धेरै मिडिया संस्थाका सहभागीहरूबाट अन्तरक्रियात्मक प्रश्नोत्तर सत्र पनि भयो। कार्यक्रमको समापनमा गान्तोकस्थित पत्र सूचना कार्यालयका सहायक निर्देशक मानस प्रतिम शर्माले धन्यवाद प्रस्ताव प्रस्तुत गरे।
हिन्दुस्थान समाचार / बिशाल