मरम्मत कार्यले गर्दा सियालदह शाखामा यात्रीहरूलाई ठूलो समस्या, केही लोकल ट्रेनहरू सहित एक्सप्रेस ट्रेनको रूट परिवर्तन
मरम्मत कार्यले गर्दा सियालदह शाखामा यात्रीहरूलाई ठूलो समस्या, केही लोकल ट्रेनहरू सहित एक्सप्रेस ट्रेनको रूट परिवर्तन


कोलकाता, 26 जुलाई (हि.स.)। राजधानी कोलकाता एवं यस वरपरका क्षेत्रहरूमा रेल सेवा फेरि एकपटक प्रभावित हुन गइरहेको छ। दमदम जंक्शन नजिक मरम्मत एवं रखरखाउको काम हुने भएकोले शनिवार र आइतवार पूर्व रेलवेद्वारा केही लोकल ट्रेनहरूलाई रद्द गरिएको छ। साथै केही टाड़ाबाट आउने एक्सप्रेस ट्रेनहरूको मार्ग परिवर्तन गरिएको छ।

पूर्व रेलवेले यात्रीहरूको सुविधाको लागि पहिला नै एक आधिकारिक विज्ञप्ति जारी गरी यो जानकारी साझा गरेको छ, मरम्मत कार्य लगभग 7 घण्टासम्म चल्नेछ जसकारण केही ट्रेनहरूलाई पूर्ण रूपले रद्द गरिएको छ भने केही ट्रेनहरूको संचालनलाई आंशिक रूपमा सीमित गरिएको छ।

शनिवार रद्द रहेका ट्रेनहरूमा सियालदह–डानकुनी लोकल (अप ट्रेन संख्या 32249 औ डाउन ट्रेन संख्या 32252) सामेल छन् भने आइतवार रद्द रहने लोकल ट्रेनहरूमा सियालदह–हावड़ा लोकल (अप ट्रेन संख्या 33653 औ डाउन ट्रेन संख्या 33654), सियालदह–डानकुनी लोकल (अप: 32211, 32213, 32215, 32217, 32219 | डाउन: 32212, 32214, 32216, 32218, 32220) सियालदह–दत्तपुकुर लोकल (अप और डाउन दुवै दिशाको सेवा) सामेल छन्।

आइतवार आंशिक रूपमा रद्द वा मार्ग परिवर्तित लोकल ट्रेनहरू-डाउन ट्रेन 33812 (बनगाउँ–सियालदह लोकल) सियालदहसम्म पुग्नेछैन, यसको अन्तिम स्टेशन दमदम क्यान्टोनमेन्ट हुनेछ। अप ट्रेन 33815 (बनगाउँ–सियालदह लोकल)-ले सियालदहको सट्टा बारासात स्टेशनबाट आफ्नो यात्रा शुरू गर्नेछ। साथै डाउन ट्रेन 33814 (बनगाउँ–सियालदह लोकल) सियालदहको सट्टा बारासात स्टेशनमा समाप्त हुनेछ।

रेलवेले मरम्मत कार्यलाई केन्द्र गर्दै टाड़ा-टाड़ाका एक्सप्रेस ट्रेनहरूमा पनि परिवर्तन गरेको छ जुन यसप्रकार छ-पुरी–सियालदह दुरन्तो एक्सप्रेस (डाउन ट्रेन 2202) जुन सामान्यतः पुरीदेखि साँझ 7:45 बजे प्रस्थान हुन्छ, राती 11:15 बजे प्रस्थान हुनेछ। दोस्रो वामनहाट–सियालदह उत्तरबंग एक्सप्रेस (डाउन ट्रेन 13148) पहिला यो ट्रेन डानकुनी–दमदम जंक्शन मार्ग भएर गुज्रिन्थ्यो भने अब यसको मार्गलाई परिवर्तन गरी बण्डेल-नैहाटी-दमदम जंक्शन बनाइएको छ।

हल्दीबाड़ी–सियालदह दार्जीलिङ मेल (डाउन ट्रेन 12344) औ न्यू अलिपुरद्वार–सियालदह पदातिक एक्सप्रेस (डाउन ट्रेन 12378) यी दुवै ट्रेनहरूको मार्ग पनि परिवर्तन गरिएको छ। यी दुवै ट्रेन डानकुनीको सट्टा बण्डेल-नैहाटी-दमदम जंक्शन मार्ग भएर जानेछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande