सिलगढ़ी, 26 जुलाई (हि.स.)। देशको आन्तरिक सुऱक्षाको मध्यनजर सशस्त्र सीमा बल (एसएसबी) को 41औं बटालियनको राणीडांगा क्याम्पका जवानहरूले पानीटंकी क्षेत्रमा विशेष पेट्रोलिङमा एक बांग्लादेशी नागरिकलाई हिरासतमा लिएका छन्।
हिरासतमा लिइएको बांग्लादेशी नागरिकको नाम अत्तेत रोय (28) हो। उ बांग्लादेशको ठाकुरगाउँ जिल्लाको पिरगंज थाना क्षेत्रको निवासी हो। एसएसबीले प्रेस विज्ञप्ती जारी गरी यसको जानकारी दिएको छ।
एसएसबी अनुसार, बांग्लादेशी नागरिकलाई शुक्रवार भारत-नेपाल सीमाको पिलर नम्बर 91 देखि लगभग 3.3 किलोमीटर भारतीय क्षेत्रभित्र खैरमनीजोत गाउँबाट पक्राउ गरिएको छ। उदेखि बांग्लादेशी नागरिकता पहिचान पत्र, एक तकनीकी शिक्षा प्रमाण पत्र र एक मोबाइल फोन जफत भएको छ। एसएसबीले अग्रिम कारबाहीको निम्ति खोरीबाड़ी पुलिसलाई सुम्पेको छ। जहाँ कानूनी धाराहरू अन्तर्गत मामिला दर्ता गरी अघिको कारबाही शुरू गरिएको छ।
पुलिस सूत्रहरू अनुसार, सोधपुछमा बांग्लादेशी नागरिकले स्वीकार गऱ्यो कि उ लगभग छह महिना अगाड़ी रायगंजदेखि एक अज्ञात बांग्लादेशी एजेन्टको मद्दतले अवैध तरीकाले भारतमा छिरेको थियो। उसले दाबी गऱ्यो, धार्मिक उत्पीड़नको कारण उ आफ्नो देश छोड़ेर भारतमा नोकरीको खोजमा आएको थियो।
हिन्दुस्थान समाचार / भवानी थामी