गान्तोक, 27 जुलाई (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले सारथी सम्मान दिवसको अवसरमा राज्यका सम्पूर्ण सारथीहरूलाई हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्।
मुख्यमन्त्रीले आज सामाजिक सञ्जालमा राज्यको जीवनरेखा बनेका सम्पूर्ण सारथीहरूलाई हार्दिक शुभकामना र बधाई व्यक्त गरेका छन्। उनले भने, 'हाम्रा सारथीहरूले समाजमा अमूल्य भूमिका निर्वाह गरेका छन्, चाहे त्यो अर्थतन्त्र, यातायातको जडान (कनेक्टिभिटी) वा सुरक्षासँग सम्बन्धित किन नहोस्। उनीहरूले हाम्रो संसारलाई अगाडि बढाइरहेका छन्, दैनिक जीवन सहज रूपमा सञ्चालन हुने वातावरण सुनिश्चित गर्दै प्रगति र विकासमा उल्लेखनीय योगदान पुर्याइरहेका छन्।'
मुख्यमन्त्रीले हजारौं स्थानीय बासिन्दा तथा पर्यटकहरू उनीहरूको समर्पणमा निर्भर छन्, जसले गर्दा उनीहरू सिक्किमको सामाजिक तथा आर्थिक संरचनाको अभिन्न रूप बनेको उल्लेख गरेका छन्। उनले सारथीहरूको सेवाको सम्मानस्वरूप सरकारले २७ जुलाईलाई सारथी सम्मान दिवस घोषणा गरेको जानकारी गराएका छन्।
मुख्यमन्त्रीले यस विशेष अवसरमा सिक्किमका प्रत्येक सारथीप्रति हार्दिक कृतज्ञता प्रकट गर्दै उनीहरूको सफलता, सुरक्षा र सन्तुष्टिको कामना गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल