सेना प्रमुखले लेह भ्रमणावधि भविष्यको लागि तयार सेनाको उदियमान प्रौद्योगिकीलाई अप्नाउनेमाथि बल दिए
सेना प्रमुखले लेह भ्रमणावधि भविष्यको लागि तयार सेनाको उदियमान प्रौद्योगिकीलाई अप्नाउनेमाथि बल दिए


श्रीनगर, 28 जुलाई (हि.स.)। थल सेनाध्यक्ष (सीओएएस) जनरल उपेन्द्र द्विवेदीले आज उदियमान तकनिकलाई अप्नाउने तथा भविष्यको लागि तयार सेना बन्नको लागि निरन्तर विकास गर्नुपर्ने आवश्यकतामाथि बल दिए।

लेहस्थित फायर एण्ड फ्यूरी कोर मुख्यालय तथा सियाचिन ब्रिगेडको आफ्नो दौड़ाह अवधि सेना प्रमुखले परिचालन तयारीहरूको समीक्षा गरे साथै विश्वका सबैभन्दा चुनौतीपूर्ण परिस्थितिहरूमा सैनिकहरूको व्यवसायिकता तथा अनुकरणीय सेवाको लागि उनीहरूको सराहना गरे।

सेना प्रमुखले लेहस्थित फायर एण्ड फ्यूरी कोर एवं सियाचिन ब्रिगेडका मुख्यालयहरूको भ्रमण गरेपछि सैनिकहरूलाई सम्बोधन गरिरहेका थिए ताकि परिचालन तयारीहरूको समीक्षा गर्न सकियोस्।

सेनाका अतिरिक्त लोक सूचना महानिदेशालय (एडीजीपीआई)-ले भने, सैनिकहरूलाई सम्बोधन गर्दै सीओएएसले उदियमान तकनिकीलाई अप्नाउने तथा भविष्यको लागि तयार सेना बनिरहनको लागि निरन्तर विकासको आवश्यकतामाथि बल दिए।

जनरल द्विवेदीले हिजो पनि विश्वकै सबैभन्दा अग्लो युद्धक्षेत्र सियाचिन ग्लेशियरको एक अग्रिम चौकीको भ्रमण गरेर 18 जम्मू एवं कश्मीर राइफल्स (18 जेएके आरआईएफ)- का बहादुर सैनिकहरूसित बातचित गरे जुन बटालियनमा उनले एक समयमा कमिशन प्राप्त गरेका थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande