अस्था, इतिहास एवं भव्यताको प्रतीक हो भारेश्वर महादेव मन्दिर, भीमले स्थापना गरेका थिए शिवलिङ्ग
अस्था, इतिहास एवं भव्यताको प्रतीक हो भारेश्वर महादेव मन्दिर, भीमले स्थापना गरेका थिए शिवलिङ्ग


औरैया, 28 जुलाई (हि. स.)। उत्तर प्रदेशको औरैया जिल्ला अन्तर्गत चम्बल घाटीमा अवस्थित भारेश्वर महादेव मन्दिर श्रद्धाको केन्द्र मात्र नभएर महाभारत कालीन ऐतिहासिक धरोहर पनि हो। मान्यता छ, अज्ञातवास अवधि पाण्डहरूमध्ये भीमले यहाँ शिवलिङ्ग स्थापना गरेका थिए जुन आज पनि मन्दिरको गर्भगृहमा प्रतिष्ठित छ।

यो मन्दिर यमुना र चम्बल नदीको संगम नजिक समुद्र तलदेखि 444 फुट माथि अवस्थित छ जहाँ पुग्नको लागि भक्तहरूलाई 108 वटा सिँढ़ी हिँड़्नुपर्छ।

डाकुहरूको धरतीमा पनि डगमगाएन श्रद्धा-

एक समयमा चम्बल घाटी डाकुहरूको आतंकले गर्दा बदनाम थियो, तर शिव भक्तहरूको आस्था आडिग रह्यो। डाकुहरूको आतंकबीच पनि श्रद्धालुहरूले यहाँ आएर पूजा गर्न छाड़ेनन्।

इतिहासमा दर्ता छ, कुख्यात डाकु निर्भय गुर्जर, रज्जन गुर्जर, अरविन्द गुर्जर र रामबीर गुर्जरसम्म यस मन्दिरमा पूजा गर्न आउने गर्दथे।

मुगलकालमा व्यापारिक केन्द्र, त्यसपछि भयो धार्मिक धरोहर-

मन्दिरसित जोड़िएको लोककथा अनुसार राजस्थानका व्यापारी मदनलालको नौका एकपटक यमुनाको भुवँरीमा फसेको थियो। उनले भरेश्वर महादेवसित प्रार्थना गरे फलस्वरूप सुरक्षित बाहिर आएपछि मन्दिरको जीर्णोद्धार गराए।

मुगलकालमा यो क्षेत्रलाई उत्तर भारतको प्रमुख व्यापारिक केन्द्र मानिन्थ्यो।

शिवलिङ्ग, शिल्प औ बनावटले वर्णन गर्छ मन्दिरको महत्व-

मन्दिरको बनावट द्वापर युगीन पञ्चायतन शैलीमा छ। मोटी ढुङ्गाको पर्खालले यसको भव्यता र मजबुतीलाई दर्शाउँछ। यो शिवलिङ्ग पूजनीय मात्र नभएर इतिहास अनि पुरातत्वको लागि पनि अत्यन्त महत्वपूर्ण छ।

सावनको तेस्रो सोमवार उर्लियो श्रद्धालुहरूको भीड़-

आज सावनको तृतीय सोमवार मन्दिर परिसरमा हजारौं श्रद्धालुहरूको भीड़ उर्लिएको छ। औरैया मात्र होइन, वरपरका जिल्ला तथा राज्यहरूबाट पनि भक्तहरू दर्शनको लागि आएका छन्।

व्यापक सुरक्षा व्यवस्था-

भरेह थानाध्यक्ष प्रीति सेंगर स्वयं आफ्नो पूर्ण टीम सहित मन्दिरको सुरक्षा व्यवस्थामा तैनाथ छन्।

वरिष्ठ पत्रकार वीरेन्द्र सिंह सेंगरले हिन्दुस्थान समाचार-लाई बताए, यो मन्दिर धार्मिक मात्र होइन, ऐतिहासिक एवं सांस्कृतिक दृष्टिले पनि अत्यन्त महत्वपूर्ण छ। यसको बनावट, शिवलिङ्गको विशालता एवं भक्तहरूको आस्थाले यसलाई विशिष्ट बनाउँछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande