कामरूप (असम), 28 जुलाई (हि.स.)। दक्षिण कामरूपको छयगाउँस्थित गनकपाराबाट बितेको मध्य राति विभत्स हत्याको मामिला सामु आएको छ जहाँ भाइले दावले प्रहार गरी दाज्युको हत्या गरिदियो।
उल्लेखनीय छ, नवगठित बोको-छयगाउँ विधानसभा क्षेत्र अन्तर्गत पर्ने गनकपाड़ा नम्बर-1, निवासी गुप्तामणि दासले दावले हमला गरी आफ्नै दाज्यु पंकज दासको हत्या गरिदियो। मृतक पंकज दासले दिनहुँ नै रक्सीले मातेर घरमा उत्पात मच्चाउँथ्यो। दिनरातको यस्तो किचलो सहन नसकेर आक्रोशित गुप्तमणिले गए राति दाज्यु पंकजको हत्या गरिदियो।
घटनाको जानकारी पाउनसाथ सोमवार भोर बिहान छयगाउँ पुलिसले घटनास्थलमा पुगेर जाँच शुरू गऱ्यो। पुलिस टीमले हत्यारोपी गुप्तमणि दासलाई पक्राउ गरी छयगाउँ थानामा जाँचबुझ गरिरहेको छ। पुलिसले शवलाई छयगाउँ थानामा ल्याएपछि पोस्टमर्टम गर्नको लागि अस्पतालमा पठाइदियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा