गुवाहाटी, 28 जुलाई (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले सोमवार 'देशभक्ति दिवस'- को अवसरमा महान स्वतन्त्रता सेनानी औ असमका राष्ट्रनायक तरुणराम फूकनलाई श्रद्धाञ्जलि अर्पण गरे। उनले भने, फूकनले असमको राष्ट्रिय जीवनमा असाधारण योगदान दिए।
मुख्यमन्त्रीले भने, निःस्वार्थ देशप्रेमबाट ओत-प्रोत फूकन भारतको स्वतन्त्रता संग्राममा सक्रिय रूपमा सामेल रहे। आफ्नो कर्मको माध्यमबाट उनले असमिया समाजप्रति गहिरो प्रेम तथा जिम्मेवारीको परिचय दिए। उनको महान आदर्श एवं कार्यहरूको चर्चा प्रत्येक पिँढ़ीको माझमा हुनुपर्छ।
मुख्यमन्त्रीले युवाहरूसित आह्वान गरे, उनीहरूले तरूणराम फूकन जस्ता देशभक्तहरूबाट प्रेरणा लिउन् अनि राष्ट्र निर्माणमा आफ्नो योगदान दिउन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा