नयाँ दिल्ली, 28 जुलाई (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले विश्व प्रकृति संरक्षण दिवसमा वन, नदी एवं समृद्ध जैव विविधताको रक्षार्थ सामूहिक संकल्पलाई दोहोऱ्याइन्। उनले भनिन्, एक स्वच्छ एवं हरित दिल्ली एउटा आकांक्षा मात्र होइन, यो हाम्रो साझा जिम्मेवारी हो।
मुख्यमन्त्रीले सोमवार सोशल मीडिया प्लेटफर्म एक्समा भावी पिँढ़ीहरूलाई आफ्नो ग्रहको रक्षा एवं सरक्षणको लागि एकजुट हुने अपील गरेकी छन्।
दिल्लीका लोक निर्माण विभागीय मन्त्री प्रवेश साहिब सिंहले सबैलाई विश्व प्रकृति संरक्षण दिवसको हार्दिक शुभकामना दिए। उनले एक्स पोस्टमा भने, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतले आज पर्यावरण संरक्षणलाई एक जन आन्दोलनमा परिणत गरिरहेको छ। उनले भने, आउनुहोस्, यस अवसरमा हामी पनि प्रकृतिप्रति आफ्नो कर्तव्यलाई निभाऔं। ‘एउटा रूख आमाको नाम’-मा रोपेर पर्यावरणको सेवा मात्र होइन, आफ्नो भावनात्मक जुड़ावलाई पनि हरियालीबाट सिञ्चित गरौं।
पर्यावरण मन्त्री मनजिन्दर सिंह सिरसाले विश्व प्रकृति संरक्षण दिवसको अवसरमा सबैसित अधिकभन्दा अधिक रूख रोपेर धरतीलाई हरियाली बनाउने अनि पर्यावरण सन्तुलनको दिशामा आफ्नो कर्तव्य निभाउने संकल्प लिने आग्रह गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा