मालीगाउँ जामा मस्जिदको छतमा लाग्यो आगो, अस्थायी ढाँचा जलेर खरानी
मालीगाउँ जामा मस्जिदको छतमा लाग्यो आगो, अस्थायी ढाँचा जलेर खरानी


गुवाहाटी, 28 जुलाई (हि.स.)। असमकोराजधानी गुवाहाटीकोमालीगाउँ क्षेत्रस्थित जामा मस्जिदको छतमा गए आइतवार राती आगो लागेर भागाभाग भयो। यस आगलागीमा मस्जिदको छतमा बनिएको एक अस्थायी ढाँचा पूर्ण रूपले जलेर खरानी भयो।

प्रत्यक्षदर्शीहरू अनुसारघना जनसंख्या भएको क्षेत्रमा अचानक छतमा आगोको झिल्का अनि कालो धुँवा देखेर मानिसहरू भयभित भए। तुरून्त फायर ब्रिगेड तथा आपत सेवालाई सूचित गरियो।

दमकलकर्मीहरूले घटनास्थलमा पुगेर समयमै आगोलाई नियन्त्रण गरे जसले गर्दा वरिपरी आगो फैलिनदेखि बच्यो। राहतको कुरा के छ भने यस घटनामा कुनै प्रकारको जनहानि भएको सूचना छैन।

प्रारम्भिक जाँचमाआगलागीको कारण शर्ट सर्किट रहेको मानिँदैछ। तथापि प्रशासनले विस्तृत जाँच शुरू गरेको छ ताकि घटनाको वास्तविक कारण अनि नोक्सानको मूल्यांकन गर्न सकियोस्।

मस्जिद समिति औस्थानीय निवासीहरूले यस घटनाप्रति चिन्ता व्यक्त गरेका छन् साथै प्रशासनसित क्षेत्रका सबै सार्वजनिक एवं धार्मिक स्थलहरूको सुरक्षा जाँच गराउने माग गरेका छन्।

अर्कोतिर अग्निशमन विभागले वरपरका क्षेत्रहरूमा सबै भवनहरूको विद्युत तन्त्रको तत्काल जाँच गराउने अपील गरेको छ ताकि भविष्य यसप्रकारको घटना नदोहोरियोस्।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande