प्रयागराज, 28 जुलाई (हि.स.)। श्रावण महिनाको तेस्रो सोमवार विश्वप्रसिद्ध संगम नगरीमा काँवड़ यात्रीहरूमाथि हर-हर महादेवको जयघोष सहित आकाशबाट पुष्प वर्षा गरियो। पुष्प वर्षा अवधि मध्य गंगाको अश्वमेध घाट र ब्रम्हेश्वर महादेव मन्दिर परिसरमा बम बम-बम भोलेनाथको जयघोषले गुञ्जयमान भयो।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको निर्देशमा श्रावन महिनाको तेस्रो सोमवार काँवड़ीहरूको आस्थाको सम्मानमा श्रावण मासको पावन अवसरमा पुलिस आयुक्त जोगेन्द्र कुमार एवं जिल्लाधिकारी रविन्द्र कुमार माँदड़द्वारा संगम क्षेत्र, ठूलो हनुमानजी मन्दिर, मनकामेश्वर मन्दिर, दशाश्वमेध घाट एवं अन्य घाटहरूमा हेलिकप्टरबाट काँवड़ी एवं श्रद्धालुहरूमाथि पुष्प वर्षा गरियो। पुष्प वर्षा अवधि संगम क्षेत्रमा उपस्थित काँवड़ यात्री एवं बाबा भोलेनाथका भत्कहरूले हर-हर महादेवको जयकार लगाए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा