कोलकाता, 28 जुलाई (हि. स.)। कोलकाताको न्यू ब्यारकपुर निवासी सुदीप पोस नामक युवक एक म्याट्रिमोनियल वेबसाइटको माध्यमबाट जिया सिंह नामक युवतीको सम्पर्कमा आयो। दुईबीच बातचित अगाड़ि बढ़्दै गयो र गत 1 जुलाईको दिन एउटा होटलमा भेट्ने निश्चित भएको थियो।
सुदीपको आरोप छ, होटलमा युवतीले उसलाई चिया पिलाई जसलाई पिउनसाथ उ अचेत भयो। चेत फर्किँदा उसको मोबाइल फोन र खल्तीमा राखिएको सबै पैसा हराइसकेको थियो।
केही दिनसम्म सुदीपले आफै युवतीलाई खोज्ने चेष्टा गरे असफल भएपछि आइतवार सुदीपले एयरपोर्ट थानामा युवती विरूद्ध सिकायत दर्ता गराए। पुलिसले भारतीय न्याय संहिताको धारा 123, 303(2), 316(2) र 318(4) अन्तर्गत मामिला दर्ता गरेको छ।
पुलिसले जिया सिंहलाई पक्राउ गरेको छ। सोमवार उसलाई अदालतमा पेश गरी पुलिस हिरासतमा राख्ने माग गरिनेछ। पुलिस मामिलाको जाँचमा जुटिसकेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा