शिमला, 28 जुलाई (हि.स.)। मुख्यमन्त्री ठाकुर सुखविन्द्र सिंह सुक्खुले स्पष्ट पारेका छन्, प्रदेश सरकार र कंग्रेस पार्टीले तिरंगाको अपमानलाई कुनै पनि स्थितिमा सहन गर्नेछैन। उनले भने, हालैमा सराजको थुनागमा राजस्व मन्त्री जगत सिंह नेगीसित भएको व्यवहार अत्यन्त दुर्भाग्यपूर्ण छ। मुख्यमन्त्रीले बताए, यस मामिलामा एफआईआर दर्ता गरिसकिएको छ र नेगीसित चर्चा गरिएपछि आगामी कारबाही तय गरिनेछ। उनले सोमवार क्याबिनेट बैठकपूर्व मीडियासित बातचित गरिरहेका थिए।
राज्यपालको टिप्पणीमाथि व्यक्त गरे आपत्ति-
राज्यपालद्वारा नशालाई लिएर गरिएको टिप्पणीमाथि प्रतिक्रिया व्यक्त गर्दै मुख्यमन्त्रीले भने, राज्यपाल महोदयलाई हिमाचलमा यस किसिमको टिप्पणी गर्नु शोभा दिँदैन, किनभने उनी एक संवैधानिक पदमा आसिन छन्। उनले बताए, प्रदेश सरकारले नशाखोरहरूविरूद्ध कड़ा कदम उठाएको छ र पीआईटी-एनडीपीएस (PIT-NDPS) लागू गरेको छ। साथै प्रदेशका 3575 पञ्चायतहरूको म्यापिंग गरी नशाका व्यापारीहरू विरूद्ध कारवाही गरिँदैछ। मुख्यमन्त्रीले भने, राज्यपालसित भेट गरेर यस विषयमा उनीसित स्पष्टिकरण मागिनेछ।
मुख्यमन्त्री सुक्खुले भने, प्रदेशमा लगातार चार दिनसम्म भइरहेको क्याबिनेट बैठक व्यवस्था परिवर्तनको जीवन्त उदाहरण हो। यो औपचारिकता मात्र होइन आत्मनिर्भर हिमाचलको जगलाई बलियो बनाउने प्रयास हो। यी बैठकहरूमा दुई घण्टाको सीमित चर्चा मात्र हुँदैन जबकि विभिन्न एजेण्डामाथि विस्तार पूर्वक विमर्श गरिन्छ। मुख्यमन्त्रीले बताए, आपदा राहत प्याकेज अतिरिक्त आत्मनिर्भर हिमाचलकोलागि पनि केही महत्वपूर्ण निर्णय लिइनेछ।
जेपी नड्डामाथि लक्षित, केन्द्रसित राहतको माग-
मुख्यमन्त्रीले भाजपा सांसद औ केन्द्रिय मन्त्री जेपी नड्डामाथि लक्षित गर्दै भने, उनले दिल्लीमा विभिन्न मन्त्रीहरूसित भेट गरिरहेका छन्। यदि वर्ष 2023 र 2024-मा सारा राज्य आपदाग्रस्त भएको समयमा हिमाचललाई आपदा प्रभावित राशि दिलाउनको लागि प्रयास गरेका भए राम्रो हुनेथ्यो। उनले भने, हिमाचल सरकार पनि केन्द्र सरकारसित भेट गर्न तायर छ, तर प्राकृतिक आपदामा आफ्नो जमीन गुमाएका मानिसहरूलाई पुनर्वासको निम्ति वन भूमि प्रदान गर्नमा केन्द्र सरकारले छुट दिनुपर्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा